उपल्लो डोल्पामा पर्ने मोरिम्ला नाका खुल्दै

उपल्लो डोल्पामा पर्ने मोरिम्ला नाका खुल्दै
सुन्नुहोस्

डोल्पा : हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने मोरिम्ला नाका ६ वर्षपछि खुल्ने भएको छ। डोल्पा र चीनको सिमानामा पर्ने उक्त नाका कोरोना महामारीपछि पहिलो पटक खुल्न लागेको हो।

नाका यही साउन १७ गते खुल्ने गरी धमाधम सीमा पास जारी भइरहेको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ। जिल्ला प्रशासन कार्यालयबाट मात्रै हालसम्म १ हजार ८ सयभन्दा धेरै सीमा पास जारी भइसकेको प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद दाहालले जानकारी दिए।

नाका खुल्न करिब दुई हप्तामात्र बाँकी रहे पनि प्रत्येक दिनजस्तो पास लिन सर्वसाधारणहरू आइरहेको प्रजिअ दाहालले बताए। उपल्लो डोल्पाबासीको प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको उक्त नाका लामो समयपछि खुल्न लागेकाले यस अवधिमा झै झगडा चोरी डकैती लगायतका कुनै पनि प्रकारका अप्रिय घटना नघटुन भनेर सीमा क्षेत्र आसपासमा अस्थायी सुरक्षा पोस्ट खडा गरेर चेकजाँचमा कडाइ गरिने प्रजिअ दाहालले बताए। सुरक्षा व्यवस्थालाई कडाइ गर्न थप सुरक्षाकर्मी पठाइने बताइएको छ।

यस अवधिमा सयौँको संख्यामा मान्छेहरू चिनियाँ सिमा क्षेत्रमा प्रवेश गर्ने भएकाले अवैध तथा प्रतिबन्धित वस्तु छिर्न सक्ने भएकाले डिभिजन वन कार्यालय डोल्पा र सुरक्षाकर्मीले प्रत्येक व्यक्तिलाई चेकजाँच गर्ने प्रजिअ दाहालको भनाइ छ।

प्रन्ध दिनकालागिमात्र खुल्ने चिनियाँ नाकाबाट उपल्लो डोल्पाबासीले चामल, नुन, तेल, चिया, लत्ताकपडा, घिउ, चिया, पेय पदार्थ लगायतका खाद्यवस्तुको किनमेल गर्ने गर्दछन् भने चिनियाँ मोटरसाइकल लगायतका मेसिनरी सामान समेत यसै चिनियाँ नाकाबाट खरिद गर्दै आएका छन्।

यसरी खरिद गरिएको दैनिक सामग्रीहरू घोडा, खच्चड, याक, चौरी, भेडा र मोटरसाइकलमा ढुवानी गर्ने गरिन्छ। उपल्लो डोल्पाका डोल्पोबुद्ध, शे–फोक्सुण्डो र छार्काताङ्सोङ् गाउँपालिकाका नागरिकलाई सदरमुकाम झरेर सामान किन्न एक सातासम्म लाग्नुको साथै महंगो पनि पर्ने गर्दछ।

डोल्पोबुद्ध गाउँपालिकाबाट एक दिन एक बिहानमै चिनियाँ नाका पुग्न सकिन्छ। मोटरसाइकलमा सात देखि आठ घण्टामै नाका पुग्ने सकिने सर्वसाधारण बताउँछन्। यस वर्ष तिब्बतको सिँगाचे प्रदेशमा पर्ने डोङ्बा काउण्टी नाकामा व्यापारिक मेला नै लाग्ने भएकाले सामानहरू सस्तो पाइने डोल्पोबुद्ध गाउँपालिकाका सर्वसाधारण बताउँछन्।

नेपालमा सात लाखसम्म पर्ने मोटर साइकल दुई तिन लाखमै आउने भएपछि उपल्लो डोल्पाका स्थानीयले चिनियाँ मोटरसाइकल खरिद गर्ने गरेको डोल्पोबुद्ध गाउँपालिकाका स्थानीय युवा पेमाछेवाङ् गुरुङले बताए। नाका खुल्ने मिति समेत तोकिसकिएकाले उपल्लो डोल्पामा मानवीय चहलपहल समेत बढेको उनको भनाइ छ।

लामो समयपछि खुलेको नाकामा व्यापारिक मेला हेर्न र किनमेल गर्न पाइने भएपछि सर्वसाधारणहरू खुशी हुनुका साथै जिल्लाका विभिन्न ठाउँबाट मान्छेहरू भित्रिएको गुरुङले बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.