प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिने

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिने
फाइल तस्बिर।

काठमाडौं : प्रतिनिधिसभाबाट आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदै छन्। असार ३० गते प्रधानमन्त्री नियुक्त भई ३१ गतेबाट कार्यभार सम्हालेका नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिन लागेका हुन्। प्रधानमन्त्री ओलीले विश्वासको मत लिने भएपछि आज नेकपा एमालेले विश्वासको मत दिन ह्वीप जारी गरेको छ।

‘साउन ६ गते बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गर्नुहुने भएकाले अनिवार्य उपस्थित भई विश्वासको मत माग्ने प्रस्तावको पक्षमा मतदान गर्नुहुन ह्वीप जारी गरिएको हो। संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री नियुक्त हुनुभएका प्रधानमन्त्री ओलीले उपधारा (४) बमोजिम विश्वासको मत लिन लाग्नुभएको हो। दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। सोही प्रावधानअनुसार प्रधानमन्त्री नियुुक्त भएको सात दिनभित्रै विश्वासको मत लिने निर्णय गरेका हुन्। 

ओली नेतृत्वको सरकारमा कांग्रेस एमालेसहित, अशोक राई नेतृत्वको जसपा र लोसपा सहभागी रहेको छ। सरकारमा सहभागी कांग्रेसको ८८, एमालेको ७७, जसपाको ७ र लोसपाको ४ गरेर १७६ सांसद छन्। उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र जनमत पार्टीले पनि सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ। जसपाको ५ र जनमत पार्टीको ६ सांसद छन्। नेकपा माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत नदिनेमा भन्नेमा ढुक्क नै छ। त्यसतै गरी राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि एमाले कांग्रेस गठबन्धन सरकारलाई विश्वासको मत नदिने बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.