गुल्मीमा निस्ती खोलाले बगाएर एक युवा बेपत्ता

गुल्मीमा निस्ती खोलाले बगाएर एक युवा बेपत्ता
फाइल तस्बिर।
सुन्नुहोस्

गुल्मी : गुल्मीमा निस्ती खोलाले बगाएर एक युवा बेपत्ता भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका- २ का ३१ वर्षीय बोमबहादुर कार्की बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । शनिबार दिनभर खेतको काम सकेर बेलुका घर फर्कने क्रममा कार्कीलाई निस्ती खोलाले बगाएको आफन्तले बताएका छन् ।

कार्की मुसिकोट नगरपालिका -१ अरेवाका स्थायी बासिन्दा हुन् । तर, उनी विगत केही समयदेखि सोही नगरपालिकाको -२ निस्तीस्थित मामाघरमा बस्दै आएका थिए । बेपत्ता भएका कार्की (ख) वर्गका अपाङ्गता रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले जानकारी दिए । उनी अविवाहित हुन् ।   

कार्की शनिबार बेलुका बेपत्ता भएपनि आफन्तले  आइतबार बिहान प्रहरीलाई  खबर गरेका थिए । खबर प्राप्त भएलगत्तै उनको प्रहरी र स्थानीयले खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.