प्रधानमन्त्री बनेपछि पहिलो पटक सम्बोधन गर्दै ओली (Live)


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सम्बोधन गरेका छन्। एमाले अध्यक्ष ओली प्रधानमन्त्री बनेपछि पहिलो पटक आज संसदमा सम्बोधन गरेका हुन्। उनले आजै प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदैछन्। कांग्रेस र एमालेको समर्थनमा ओलीले असार २८ गते प्रधानमन्त्रीमा दाबी पेश गरेर ३० गते नियुक्त भएका हुन्। 

दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिन लागेका हुन्। २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि एक सय ३८ मत आवश्यक पर्दछ ।

प्रतिनिधिसभामा नेपाली कांग्रेसको ८८ र एमाले ७९ सिट छ। जसमा एमालेका एक जना सभामुख र एक जना निलम्बित छन्। एमालेको ७७ मत हुन्छ। प्रतिनिधि कांग्रेस र एमालेको १ सय ६५ मत हुन्छ। २७५ को दुई तिहाइ १८४ हुन्छ। ओलीले दुई तिहाइ मत पाउने निश्चित भएको छ। 

त्यस्तै, सरकारमा सहभागी भएको जनता समाजवादी पार्टीको ७ र लोसपाको ४ सिट छ। जसपा र लोसपा गरेर १ सय ७४ हुन्छ। उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र जनमत पार्टीले पनि विश्वासको मत दिने निर्णय गरिसकेका छन्। जसपा नेपालको ५ र जनमतको ६ सिट छ। यो समेत गर्दा १ सय ८४ मत हुन्छ। २ सय ७५ को दुई तिहाइ १ सय ८४ हुन्छ। ओलीले दुई तिहाइ मत पाउने निश्चित भएको छ। 

नागरिक उन्मुक्ति पार्टीलगायत साना दल र स्वतन्त्र सांसदको निर्णय पनि आएको छैन। नाउपाको ४, राष्ट्रिय जनमोर्चा,आम जनता पार्टी र नेमकिपाको १/१ सिट छ भने २ स्वतन्त्र सांसद छन्। 

नेकपा माओवादी केन्द्रसहित रास्वपा, राप्रपा र एस विपक्षमा छन्। प्रतिनिधिसभामा माओवादी केन्द्रको ३२, रास्वपाको २१, राप्रपाको १४ र नेकपा एसको १० सिट छ। विश्वासको मतको विपक्षमा ६३ मत पर्ने भने निश्चित भएको छ। राष्ट्रिय जनमोर्चाले पनि विपक्षमा मत हाल्न सक्छ भने नेमकिपाले कतै पनि मत नहाल्न सक्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.