जुनसुकै भूगोलका भएपनि सडक बालबालिकालाई भोकै मर्न दिइन्न : प्रधानमन्त्री ओली

जुनसुकै भूगोलका भएपनि सडक बालबालिकालाई भोकै मर्न दिइन्न : प्रधानमन्त्री ओली
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सडक बालबालिकाहरूलाई भोकै मर्न नदिने बताएका छन्। आइतबार  विश्वासको मत माग्नुअघि  प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सडकमा बालबालिकालाई भोकै मर्न दिने प्रतिवद्धता जनाएका हुन्।

सडक बालबालिकाको उद्दारका लागि मन्त्रिपरिषदबाट निर्णय गरिसकेको बताउँदै प्रधानमन्त्री ओलीले सडकमा बालबालिकाको बेहाल हुन नदिने बताए। 'सडक बालबालिकाहरूको उद्दार ,संरक्षण र व्यवस्थापनका लागि मन्त्रिपरिषदबाट निर्णय गरिसकेका छौं। जुनसुकै भूगोलामा जन्मिएका भएपनि बालबालिकाहरूलाई भोकै मर्न दिइन्न।'

प्रधानमन्त्री ओलीले सडक बालबालिका सरकारको चासो,चिन्ता र सरोकारको विषय रहेको बताए।  उनले भने,'कुपोषणको शिकार हुन दिइन्न। स्कुल जान नपाएका, पढ्न नपाएका, जाडोमा न्यानो ‍लुगा नपाएका ,बर्खामा ओत लाग्न छानो नपाएका, भोग लागेको बेला खान नपाएका बालबालिकाहरू यो सरकारको सबैभन्दा चासो चिन्ता र सरोकारको विषय हुन्।'


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.