प्रधानमन्त्री ओलीको नियुक्तिविरुद्ध परेको रिट संवैधानिक इजलासमा पठाउने आदेश

प्रधानमन्त्री ओलीको नियुक्तिविरुद्ध परेको रिट संवैधानिक इजलासमा पठाउने आदेश

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिविरुद्ध परेको रिटमाथिको सुनुवाइ संवैधानिक इजलासमा हुने भएको छ। आइतबार न्यायाधीश बालकृष्ण ढकालको इजलासले उक्त रिट संवैधानिक इजलासमा पठाउने आदेश दिएको हो।

ओलीलाई प्रधानमन्त्रीमा नियु्क्त गर्ने निर्णय संविधानविपरित भएको जिकिर गर्दै अधिवक्ता दीपक अधिकारीलगायतले सर्वोच्चमा रिट दिएका थिए। उनीहरूले ओलीको नियुक्ति बदरको मागसहित विपक्षीका नाममा परमादेश माग समेत गरेका छन्।

ओलीलाई असार ३० गते राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा (२) अनुसार  प्रधानमन्त्री नियुक्त गरेका थिए। प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदैछन्। अहिले  विश्वासको मत परियोजनका लागि प्रतिनिधिसभा बैठक जारी छ।

रिटमा संघीय संसद सचिवालय,कांग्रेस संसदीय तलका नेता शेरबहादुर देउवा ,नेपाल कम्युनिष्ट पार्टी एमाले संसदीय दलको नेता केपी शर्मा ओली  तथा नेपाल कम्युनिष्ट पार्टी एमालेको संसदीय दलको कार्यालय सिंहदरबार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रपतिको कार्यालय सितल निवासलाई विपक्षी बनाइएको छ।

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.