संविधान संशोधनको विषय खराब मौसममा बदनियतपूर्ण रूपमा आयो : माओवादी केन्द्र

संविधान संशोधनको विषय खराब मौसममा बदनियतपूर्ण रूपमा आयो : माओवादी केन्द्र
सुन्नुहोस्

काठमाडौं : नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले अहिले संविधान संशोधनको विषय खराब मौसममा बदनियतपूर्ण रूपमा आएको आशंका पैदा भएको बताएका छन्।  

प्रतिनिधिसभामा प्रधानमन्त्रीले प्रस्ताव गरेको विश्वासको मतमाथिको छलफलमा पुनले साना दल र समानुपातिक निर्वाचन प्रणालीका कारण मुलुकको विकास हुन नसकेको तर्क सही नभएको दावी गरेका हुन्। उनले पश्चगमनका लागि कथित स्थिरताको कुरा गरिएको बताए।

उनले बजेटले सम्बोधन नगरेको कुरामा भाषण गरेर जनतालाई झुक्याउने काम नगर्न प्रधानमन्त्रीलाई सुझाव समेत दिए। धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा बिचौलियाले चलखेल गरेको र त्यसमा ओलीले बिचौलियालाई साथ दिएको संकेत गरे। आफूभन्दा अघि अर्थमन्त्री भएका कांग्रेस नेता डा. प्रकाशशरण महत र आफूले बिचौलियाको चलखेलले धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न नसकेको बताए। उनले नयाँ अर्थमन्त्री विष्णु पौडेलले कसरी नियुक्ति गर्छन् त्यो हेर्न बाँकी रहेको उनको भनाइ थियो। 

पुनले प्रचण्ड नेतृत्वको सरकारले  सुशासन र भ्रष्टाचारका मुद्दामा छानबिन र कारबाही अगाडि बढाएपछि कांग्रेस–एमाले मिलेको टिप्पणी गरे।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.