कूशासनको नमूना : भ्रष्टाचारीको रजगज

प्रतिनिधि सभा बैठकमा पूर्वमन्त्रीले भने : मैले हिजो मात्रै  सानोठिमीमा ५ हजार घुस दिएर आएँ

प्रतिनिधि सभा बैठकमा पूर्वमन्त्रीले भने : मैले हिजो मात्रै  सानोठिमीमा ५ हजार घुस दिएर आएँ
सुन्नुहोस्

काठमाडौं : पूर्व वनमन्त्री वीरेन्द्रप्रसाद महतोले शिक्षा मन्त्रालयअन्तर्गत सानोठिमी कार्यालयमा ५ हजार रुपैयाँ घुस दिएको बताएका छन्। आइतबारको प्रतिनिधि सभा बैठकमा जनता समाजवादी पार्टीका सांसदसमेत रहेका महतोले छोराको समकक्षता पत्र लिन सानोठिमी गए पनि समयमा काम नभएपछि ५ हजार रुपैयाँ घुस दिएको बताएका हुन्।

उदाहरण दिँदै महतोले भने, ‘म हिजो,म भूपू मन्त्री र मैले हिजो शिक्षा मन्त्रालयको सानोठिमीमा ५ हजार घुस दिएर आएको छु, कसले पत्याउँछ? पत्याउनु हुन्छ ? मेरो छोराको सर्टिफिकेट इक्युभ्यालेन्ट (समकक्षता)गर्नुपर्ने थियो,मैले ११ बजे पठाएको ३ बजेसम्म गर्दिएनन्, यो मिलेन, त्यो मिलेन भने। यसो भएन, हेर्दा सबै कागज मिलेको छ।’ महतोले भने, ‘म आफै गएँ, त्यो एउटा अधिकृतले कागज मिलेको छैन भने, मैले भने भर्खर १ महिना थियो १० वटा विद्यार्थीलाई गरेका छौ भन्दा खेरि कागज मिलेन भन्दै चिया खाने समय भयो भने ४ बजेसम्म आएनन्। त्यो बिचौलियालाई गएर ५ हजार दिएँ, ५ मिनेटमा काम गरेर ल्याइदियो। अनि हामी सुशासनको कुरा गर्छौं। भ्रष्टाचार रोक्ने कुरा गर्छौं कहाँबाट रोक्ने कि माथिबाट स्पष्ट हुनुपर्‍यो।’

उनले देशमा भ्रष्टाचारले यति ठूलो जरो गाडेको उल्लेख गरे। ‘हाम्रो देशमा भ्रष्टाचारले यति ठूलो जरो गाडेको छ। हामीले आफ्नो बारेमा मात्र नसोचौं निजामति कर्मचारीको तलब बढाउँ। घुस नखाइ परिवार चलाउन सक्दैन भने घुस गर्छ गर्छ। बाध्यतामा छ, आफ्नो बारेमा मात्र नसोचौं।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.