संसद्‌मा मत विभाजनको प्रक्रिया सुरू

संसद्‌मा मत विभाजनको प्रक्रिया सुरू
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा मत विभाजनको प्रक्रिया सुरू भएको छ। आइतबार प्रतिनिधिसभा बैठकमा ओलीले विश्वासको मत मागेपछि दलहरुले संसदमा सम्बोधन गरेका थिए। 

छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिएपछि संसद्‌मा सभामुखले मत विभाजन गरेर विश्वासको मत संकलन गर्ने कार्य प्रारम्भ गरेका हुन्।

असार ३० गते  प्रधानमन्त्री नियुक्त भएका नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिएका हुन्।  संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री नियुक्त भएका ओलीले उपधारा (४) बमोजिम विश्वासको मत लिएका हुन्। 

नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रचण्डले असार २८ गते संसदबाट विश्वासको मत नपाएपछि नेपाली कांग्रेसको समर्थनमा ओली प्रधानमन्त्री बनेका हुन्।

दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। सोही प्रावधानअनुसार ओलीले प्रधानमन्त्री नियुक्त भएको एक हप्तामै  विश्वासको मत लिएका हुन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.