संविधानको मूल मर्म नमर्नेगरी संविधान संशोधन गर्नुपर्छ : डा. महत

संविधानको मूल मर्म नमर्नेगरी संविधान संशोधन गर्नुपर्छ : डा. महत
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेस नेता डा.प्रकाश शरण महतले संविधानको मूल मर्म र भावना नमर्नेगरी संविधान संशोधन गर्नुपर्ने बताएका छन्। बीपी कोइराला स्मृति दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री डा.महतले संविधानको मूल मर्म र भावनालाई नखुम्च्याइँकन संविधान संशोधन गर्नुपर्नेमा जोड दिए।

नेता महतले संविधान संशोधन गरेर जनताले पाएको अधिकार खोस्न थाले भनेर एकथरी मानिसले अनावश्यक हल्ला फिजाएको आरोप लगाए। उनले संविधान संशोधन गरेर जनताको अधिकारलाई अझ घनिभूत गर्न खोजेको स्पष्ट पारे।

'यिनीहरू मिलेर संविधान संशोधन गरेर प्राप्त भएको अधिकार खोस्न थाले भनेर अफवाह फैलाएका छन्।  त्यो हुँदैन होइन। हामी अधिकारलाई घनिभूत गर्न चाहन्छु,'उनले भने,' समावेशीतालाई कम्प्रोमाइज गर्दैनौं। तर समावेशीतालाई सुनिश्चित गर्न अझ बेटर तरिकाहरू छन्। त्यो राम्रो तरिका हामीले अपनाउने हो। कमिकमजोरीहरूलाई हटाएर जनताको अधिकार र जिम्मेवारी सँगसँगै लिएर जानुपर्छ।'

कांग्रेस प्रवक्ता समेत रहेका डा.महतले अर्थतन्त्रमा देखिएका जटिलतालाई व्यवस्थित गर्न पनि संविधान संशोधन आवश्यक रहेको बताए।

उनले कांग्रेस र नेकपा एमालेबीच भएको सहमति कार्यान्वयन चुनौतिपूर्ण रहेपनि असम्भव भने नभएको तर्क गरे। उनले भने, 'सफल पार्नका लागि सरकारमा सहभागीहरू दलहरूको ठूलो भूमिका छ। जुन जनतमा आशा जागेको छ, त्यो आशालाई भरोसामा परिणत गर्ने चुनौति छ। कठिन छ। चानचुने कुरा छैन। गर्न नसकिने भन्ने पनि छैन।'


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.