कर्णाली प्रदेश सरकारबाट बाहिरियो माओवादी केन्द्र, पहिलो पटक प्रमुख प्रतिपक्षी दलको बेञ्चमा

कर्णाली प्रदेश सरकारबाट बाहिरियो माओवादी केन्द्र, पहिलो पटक प्रमुख प्रतिपक्षी दलको बेञ्चमा

वीरेन्द्रनगर : कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन्। एमाले नेतृत्वको कर्णाली प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका हुन्।

नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसी, सामाजिक विकास मन्त्री विरबहादुर शाही, उर्जा तथा जलस्रोत मन्त्री रणसिंह परियार र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री दुर्ग रावतले मुख्यमन्त्रीसामु राजीनामा दिएका छन्।

कर्णालीमा अहिले एमाले नेता यामलाल कँडेल नेतृत्वको सरकार रहेको छ। मन्त्रीको राजीनामासँगै माओवादी संसदीय दलले कँडेल नेतृत्वको सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने भएको छ।

योसँगै कर्णालीमा पहिलो पटक माओवादी प्रमुख प्रतिपक्षी दलको बेञ्चमा पुगेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.