वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका लेखा अधिकृत ६ लाख घुससहित पक्राउ

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका लेखा अधिकृत ६ लाख घुससहित पक्राउ
सुन्नुहोस्

काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा कार्यरत लेखा अधिकृत अमृता कोइरालालाई घुससहित नियन्त्रणमा लिएको छ।

 आयोगका प्रवक्ता नरहरि घिमिरेले  हेटौडाबाट गएको आयोगको टोलीले औषधि आपूर्तिको बिल भुक्तानी दिएवापत सेवाग्राहीसँग १ लाख ५० हजार नगद र ४ लाख ५० हजारको चेकसहित लेखा अधिकृत कोइरालालाई  नियन्त्रयमा लिएको जानकारी दिए।

उनी घुस रकम लिइसकेको अवस्थामा भरतपुर महानगरपालिका वडा नम्बर ४ कटहर चोकबाट पक्राउ परेका हुन्। उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.