भारतीय पर्यटक लक्षित नीति बनाउन माग

भारतीय पर्यटक लक्षित नीति बनाउन माग
फाइल तस्बिर।
सुन्नुहोस्

भारतीय पर्यटक नेपाल प्रवेश गर्ने सीमा नाकाहरू अव्यवस्थित भएका कारणले पर्यटक आवागमनमा असर पुगिरहेको छ ।

विराटनगर : कोशी प्रदेशमा पर्याप्त पूर्वाधार र आकर्षक गन्तव्यहरू भए पनि सरकारी नीतिमा सुधार नहुँदा अपेक्षाअनुसार भारतीय पर्यटकहरू ल्याउन नसकिएको पाइएको छ। सरकारले नीतिगत सुधारमा ध्यान नदिँदा पर्यटन क्षेत्र गुल्जार बनाउन बाधा पुगिरहेको भन्दै पर्यटन व्यवसायीले यसतर्फ ध्यान दिन सरकारलाई आग्रह गरेका छन्। 

भारतबाट पर्यटक नेपाल प्रवेश गर्ने सीमा नाकाहरू अव्यवस्थित भएका कारणले पनि पर्यटक आवागमनमा असर पुगिरहेको उनीहरूको दाबी छ। सीमामा रहेका अध्यागमन कार्यालयहरू परम्परागत रुपमा सञ्चालन भइरहेको र त्यसलाई आधुनिक, प्रभावकारी र व्यवस्थित बनाउने तर्फ सरकारले चासो नदेखाउँदा सम्भावना भएर पनि गुणस्तरीय पर्यटक भिœयाउन नसकिएको पर्यटन व्यवसायीको गुनासो छ।

सीमा क्षेत्रमा पर्यटकले चर्को गर्मीमा घण्टांै लाइन लाग्नुपर्ने र धेरै समयमा गाडीमा बस्नु पर्ने समस्या घटाउन अध्यागमन कार्यालयलाई प्रभावकारी बनाउनुपर्ने पर्यटन व्यवसायी भवेशकुमार श्रेष्ठको सुझाव छ। नेपाल उद्योग वाणिज्य महासंघ कोशीका पर्यटन समिति सभापति श्रेष्ठले भने ‘गाडिभित्र धेरै समय बस्नुपर्ने, चर्को घाममा खुला सडकमा लामो लाइन बस्नु पर्ने आदि व्यवहारबाट एक पटक आएको पर्यटक फेरि फर्किने चाहना गर्दैन, यो हाम्रो पर्यटन विकासका लागि चुनौती हो।’

सरकारले २०८२ साललाई पर्यटक वर्षको रूपमा मनाउने घोषणा गरेको छ। आउँदो वर्ष नेपालमा १६ लाख पर्यटक भिœयाउने सरकारको लक्ष्य नीतिगत पूरा गर्न सुधार गर्नुपर्ने बताए। ‘स्थल मार्गबाट विशुद्ध घुमफिर गर्नकै लागि भारतबाट आउने पर्यटकको व्यवस्थित तथ्यांक राख्ने हामीसँग कुनै व्यवस्था छैन, हामीले हचुवामा पर्यटनसम्बन्धी नीति र कार्यक्रम बनाइरहेका छौं जसले पर्यटनलाई खास फाइदा पुगेको छैन।’

स्थलमार्गबाट आउने पर्यटकको तथ्यांक राख्न हरेक सीमा नाकामा व्यवस्थित अध्यागमन डेक्स राख्नुपर्ने उनको सुझाव छ।

यस्तै भारतीय पर्यटक चढेका गाडीलाई सडकमा अनावश्यक चेकजाँच गरी दुःख दिने र रकम असुल्ने गरेको गुनासो सरकारले कहिल्यै सम्बोधन नगरेको उनी बताउँछन्। भारतबाट घुम्नका लागि आउने पर्यटकले २५ हजार भन्दा बढी भारु लिएर आउन नपाउने व्यवस्थाले पर्यटन प्रवद्र्धनमा नकारात्मक असर परिरहेको भएपनि सरकारले यो व्यवस्थामा परिवर्तन गर्न कहिल्यै चासो नदेखाएको उनको भनाइ छ।

पर्यटक व्यावसायीको समस्या सुनाउँदै उनले राजनीतिक दलका केही नेताहरूले सस्तो लोकप्रियताका लागि बेलाबखत व्यक्त गर्ने भारतविरोधी अभिव्यक्तिले पनि पर्यटन क्षेत्रमा नोक्सानी हुने गरेको उनीहरूको अनुभव छ। 


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.