प्रतिनिधिसभा बैठक सुरू (लाइभ)
काठमाडौं : संघीय संसदअन्तरगतको प्रतिनिधि सभाको बैठक सुरू भएको छ। आजको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिने कार्यसूची छ। प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ दिन लागेका हुन्।
पछिल्लो समय प्रधानमन्त्री बनेपछि ओलीसँग पहिलो पटक प्रश्नोत्तर हुने भएको हो। २०७५ साल माघ ४ गतेबाट प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सुरू भएको हो।
असार ३० गते प्रधानमन्त्री नियुक्त भएका ओलीले आइतबार विश्वासको मत लिएका थिए। ओली नेतृत्वको सरकारमा नेपाली कांग्रेस,नेकपा एमालेसँगै लोसपा र जसपा सहभागी छन्।