तीनै तहको सरकार अधिकार सम्पन्न नहुँदा जटिल अवस्था आयो : उपप्रधानमन्त्री सिंह
काठमाडौं : उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले तीनै तहको सरकार अधिकार सम्पन्न नहुँदा अहिलेको जटिल अवस्था आएको बताएका छन्। सहिद स्मृति प्रतिष्ठानले सोमबार आयोजना गरेको विचार गोष्टीमा उनले जनताको चाहना र देशको आवश्यक्ताअनुसार संविधान संशोधन हुन सक्ने बताएका हुन् ।
नेता सिंहले प्रक्रिया पूरा गरेर संविधान संशोधन गर्न सकिने बताए। ‘यो संविधानको विशेषता नै प्रक्रिया पूरा गरेर संविधानमा जनताको माग र समयको आवश्यकता अनुसार संशोधन गर्न सकिने प्रावधान हो । जनताको माग र देशको आवश्यकताअनुसार संविधान संशोधन हुन सक्छ’, उनले भने,‘३ तहको सरकारले अधिकारसम्पन्न भएर काम गरेको भए यो तहमा पुग्दैनथ्यौ भन्ने मलाई लाग्छ ।’
अहिलेको परिस्थिति सुधार गर्न र जनतालाई राहत दिन उद्देश्यले नै कांग्रेस एमालेसहित साना दल सम्मिलित सरकार गठन भएको बताए।