साउदी एनआरएनको १७ औ वार्षिकोत्सव सम्पन्न

साउदी एनआरएनको १७ औ वार्षिकोत्सव सम्पन्न
सुन्नुहोस्

साउदी : गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद एनआरएनए साउदीले १७ औं स्थापना दिवस  मनाएको छ। नेपाली राजदूतावास प्रथम सचिव तथा सूचना प्रविधिक टोप नारायण गिरीको  प्रमुख आतिथ्यता, विशिष्ट  अतिथि पर्यटन दूत राजेन्द्र अर्याल तथा संस्थापक सदस्यहरु, साउदीका विभिन्न संस्थाहरूका प्रतिनिधिहरूको विशेष आतिथ्यता तथा संघकी अध्यक्ष रविना अर्यालको सभापतित्वमा उक्त दिवस मनाइएको हो। 

दूतावास प्रथम सचिव गिरीले एक आपसमा सहकार्य गरी अगाडि बढ्न आग्रह गर्दै एनआरएनको अभियानमा दूतावासको सहयोग रहने बताए। अध्यक्ष रविना अर्यालले १७ औं वार्षिकोत्सवका अवसरमा उपस्थित भएर शुभकामना व्यक्त गर्ने सबै अग्रजहरू र एनआरएनए नेतृत्वप्रति आभार व्यक्त गदै मनमा चिसो र शंका  भए स्थापना दिवसबाट सबै  त्यागेर अगाडि बढ्न आफू तयार रहेको र संस्थालाई सबैको साझा बनाउन कुनै कसर नछाड्ने बताइन्।

पर्यटन दूत राजेन्द्र अर्यालले एनआरएन भनेकै एकले अर्कालाई सम्मान गर्ने संस्था रहेकाले सबै मिलेर यसको संरक्षण गर्नुपर्ने बताए। कार्यक्रममा दोस्रो एनआरएनए गोल्डकप २०२४ को समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै सहयोगी, खेलाडी तथा रेफ्रीलाई पुरस्कार सहित समान गरिएको थियो।

प्रतियोगितामा किंरात राई यायोक्खा एफसीले फाइनलमा जोयमह एफसी लाई ३-१ गोलको अन्तरले हराउँदै उपाधि जितेको  थियो साथै युनाइटेड एफसीले पेनाल्टी शूट आउटमा समरानी एफसीलाई  ४-० गोल अन्तरले पछि पार्दै तृतीय  भएको थियो भने  प्रतियोगितामा  क्रमशः प्रथम , द्वितीय, तृतीय  हुनेले ६ हजार ६६६ ,  ३ हजार ३३३ र  १ हजार ६१६ साउदी रियालसँगै विभिन्न मेडल तथा पुरस्कार पाएका थिए। सन २००७ जुलाई  १९  तारिखमा एनआरएनए साउदीको स्थापना भएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.