दतात्रय मन्दिरमा भक्तजनहरूको घुइँचो (फोटोफिचर)
भक्तपुर : साउन महिनाको पहिलो सोमबार आज भक्तपुरको दतात्रय मन्दिरमा भक्तजनहरूको भीड लागेको छ।
दतात्रय भगवानको पूजाआजा गर्ने भक्तजनहरूको भीड लागेको हो। दतात्रय भगवानको पूजा गर्न सयौं भक्तजनहरू आज मन्दिर प्रांगणमा वर्षाका बाबजुद पनि बिहानदेखि नै लाइन लागेका छन्।
मनमा शान्ति हुने, मनोकांक्षा पूरा हुने र मनोबल बढ्ने जनविश्वासले भक्तजनहरू भक्तपुर लगायत अन्य भगिनी जिल्ला र स्थानबाट थुप्रै भक्तजनहरू पूजा गर्न मन्दिरमा आएका छन्।