परराष्ट्र मन्त्री राणा र जापानी राजदूतबीच भेटवार्ता

परराष्ट्र मन्त्री राणा र जापानी राजदूतबीच भेटवार्ता
सुन्नुहोस्

काठमाडौं : परराष्ट्र मन्त्री आरजु राणा र नेपालस्थित जापानी राजदूत किकुता युताकाबीच भेटवार्ता भएको छ। सिंहदरवारस्थित परराष्ट्र मन्त्रालयमा सोमबार उनीहरूबीच भेटवार्ता भएको हो। उनीहरूबीच दुई देशको हित र आर्थिक सहयोग, लगानी र जनस्तरको आदानप्रदानलगायत विविध पक्षमा छलफल भएको थियो। 

भेटमा राजदूत युताकाले जापानका विदेशमन्त्री योको कामिकावाले मन्त्री राणालाई दिएको बधाई पत्र हस्तान्तरण गरेका थिए। राजदूत युताकाले जापानका प्रधानमन्त्री फुमियो किशिदाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको जानकारी गराएका थिए।

राजदूत युताकाले नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वर्षगाँठका र अल्पविकसित राष्ट्र (एलडीसी)बाट उत्तीर्ण हुने वर्ष भएकाले सन् २०२६ दुवै देशका लागि महत्वपूर्ण हुने बताएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.