सिन्धुलीमा लागुऔषध खरिद बिक्री गर्ने चार जना पक्राउ

सिन्धुलीमा लागुऔषध खरिद बिक्री गर्ने चार जना पक्राउ
सुन्नुहोस्

सिन्धुली : सिन्धुलीमा अवैध लागुऔषध खरिद बिक्री गर्ने चार जना पक्राउ परेका छन्। सिन्धुली प्रहरीले बिपी राजमार्ग अन्तर्गत सिन्धुली–भीमान खण्डको बाघमाराबाट चार जना पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा महोत्तरी औरही नगरपालिका-७ महोत्तरी बस्ने अजय शाह, सिन्धुली कमलामाई नगरपालिका-७, माझिटारका दिलसन भनिने वर्ष २० का लोकविक्रम आले मगर, कमलामाई नगरपालिका-५ चिसापानीका २३ वर्षको मिलन पाख्रिन र कमलामाई नगरपालिका-६ धुराबजारका वर्ष २७ का  सौगात लामा रहेका छन्।

उनीहरूलाई एक्सिप्लोन १५ र विनक्रेक्स कप सिरप १४ बोतल अवैध लागुऔषधसहित कमलामाई नगरपालिका-८ बाघमाराबाट  पक्राउ गरिएको हो। इलाका प्रहरी कार्यालय भिमानले  प्रहरीले चेकजाँच गर्ने क्रममा बा ९३ प ८८०८ र विआर ३० एम १३११ नम्बरको दुई वटा  मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेले बताए।  

प्रहरीले चेकजाँच गर्ने क्रममा सोधपुछ गर्दा आले मगर, पाख्रिन र लामाले महोत्तरी औरही नगरपालिका-७ का २१ वर्षीय अजय शाहसँग अवैध लागुऔषध खरिद गरेको बयान दिएपछि शाहलाई समेत पक्राउ गरिएको हो। पक्राउ परेका चारै जनालाई जिल्ला अदालत सिन्धुलीबाट ७ दिनको म्याद थप गरेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.