विपद् घटना : ४४ दिनमा १४४ जनाको मृत्यु, ४८ जना बेपत्ता

विपद् घटना : ४४ दिनमा १४४ जनाको मृत्यु, ४८ जना बेपत्ता
संसदमा जवाफ दिँदै गृहमन्त्री लेखक।
सुन्नुहोस्

काठमाडौं : मनसुनजन्य विपद्का कारण हालसम्म १४४ जनाको मृत्यु भएको छ भने ४८ जना बेपत्ता भएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री रमेश लेखकले यस वर्ष मनुसुन भएको दिन जेठ २८ गतदेखि हालसम्म प्राकृतिक प्रकोपका १ हजार ५ सय ९२ घटना घटेको र १४४ जनाको ज्यान गएको जानकारी दिए।

प्राकृतिक विपद्का कारण २ सय ३१ घरमा क्षति पुगेको, ४३ वटा पुल बगेको र ४ हजारभन्दा बढी परिवार विस्थापित हुने अवस्थामा पुगेको उनले जानकारी दिए।

गृहमन्त्री लेखकले मृत्युमध्ये ४७ परिवारलाई राहत दिएको र बाँकी परिवारलाई राहत दिने क्रममा रहेको जानकारी दिए। उनले बेपत्ता भएका मानिस १० दिनभित्र फेला नपरे मृतकसरह राहत दिने सरकारको नीति रहेको उल्लेख गरे।

त्यस्तै गृहमन्त्री लेखकले सर्लाहीमा पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या प्रकरणबारे अनुसन्धान जारी रहेको र शंकास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिएको बताए। उनले छोराको प्रमाणपत्र प्रमाणित गर्न सांसद वीरेन्द्र महतोले बिचौलियालाई घुस दिएको विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको उल्लेख गरे। उनले घटनाको तत्काल छानबिन गर्न आवश्यक निर्देशन दिइसकिएको पनि बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.