फोनमनीले ल्यायो ‘फोनमनी साथमा, एक करोड हातमा’ योजना

फोनमनीले ल्यायो ‘फोनमनी साथमा, एक करोड हातमा’ योजना
सुन्नुहोस्

काठमाडौं :  दक्षिण कोरियामा रहेका नेपालीहरूका लागि डिजाइन गरिएको डिजिटल मनी ट्रान्सफर एप फोनमनीले आफ्नो नयाँ योजना ‘फोनमनी साथमा, १ करोड हातमा’ सुरु गरेको छ। 

यो योजना २१ जुलाई २०२४ बाट सुरु भएर १ जनवरी २०२५ सम्म चल्ने कम्पनीले जनाएको छ। कोरियामा कार्यरत र बसोबास गर्ने नेपालीहरूले फोनमनी एप मार्फत नेपालमा पैसा पठाएर यस योजनामा सहभागी हुन सक्नेछन्। 

यो योजना अवधिमा सहभागीहरूले हरेक हप्ता आफ्नो पठाएको रकम दोब्बर गर्ने मौका पाउनेछन्। साथै, योजनाको अन्त्यमा, एक भाग्यशाली विजेताले एक करोड कोरियन वन (करिब १० लाख नेपाली रुपैयाँ)को बम्पर पुरस्कार जित्न सक्ने कम्पनीको भनाइ छ। 

फोनमनीका मार्केटिङ म्यानेजर राजन अधिकारीले भने, ‘हामी कोरियामा रहेका नेपाली समुदायलाई भरपर्दो, किफायती र पुरस्कारदायी तरिकाले पैसा पठाउन सहयोग गर्न प्रतिबद्ध छौं। ‘फोनमनी साथमा, १ करोड हातमा’ हाम्रो प्रयोगकर्ताहरूलाई धन्यवाद दिन र उनीहरूको वित्तीय लेनदेनलाई अझै पुरस्कारदायी बनाउनको लागि हाम्रो प्रयास हो।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.