बागमतीमा मन्त्रालयको टुंगो: कांग्रेसलाई ७, एमालेलाई ६

बागमतीमा मन्त्रालयको टुंगो: कांग्रेसलाई ७, एमालेलाई ६
सुन्नुहोस्

हेटौंडा : बागमती प्रदेश सरकारमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच मन्त्रालय बाँडफाँट भएको छ। 

कांग्रेसले आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय लिने सहमति भएको छ। 

नेकपा एमालेले भौतिक पूर्वाधार मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय लिने सहमति भएको छ। 

यसैबीच मुख्यमन्त्रीमा कांग्रेसका बहादुर सिं लामाले‍ दावी पेस गरेका छन्। लामालाई आजै मुख्यमन्त्रीमा नियुक्त गर्ने प्रदेश प्रमुखको तयारी छ। मन्त्रीहरूलाई भोलि बिहान ११ बजे शपथ ग्रहण गराउने प्रदेश प्रमुख कार्यालयले तयराी गरेको छ।

 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.