पूर्वमन्त्रीले घुस दिएको विषयमा छानबिन गर्न गृहमन्त्री लेखकको निर्देशन

पूर्वमन्त्रीले घुस दिएको विषयमा छानबिन गर्न गृहमन्त्री लेखकको निर्देशन
सुन्नुहोस्

काठमाडौं : गृहमन्त्री रमेश लेखकले पूर्वमन्त्रीले घुस दिएको विषयमा छानबिन गर्न निर्देशन दिएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर नेपाली कांग्रेस सांसद राजेन्द्र केसीले सांसदले घुस दिएको विषय के कसो हो ? यसबारे तीन दिनभित्र संसदमा जानकारी गराउन सभामुखसमक्ष आग्रह गरेका थिए। 

उनले सो विषयमा सम्बन्धित मन्त्री,शिक्षा मन्त्री,गृहमन्त्री र प्रधानमन्त्रीलाई रुलिङ गराउन माग गर्दै तीन दिनभित्र संसदलाई जानकारी गराउन आग्रह गरेका थिए। सांसद केसीले घुस प्रकरणबारे तत्काल जवाफ मागेपछि गृहमन्त्री लेखकले छानबिन गर्न निर्देशन दिएका हुन्।

पूर्वमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका सांसद वीरेन्द्र महतोले साउन ६ गते प्रतिनिधिसभा बैठकमा शिक्षा मन्त्रालयअन्तर्गत रहेको सानोठिमी कार्यालयमा आफूले हिजोमात्रै ५ हजार घुस दिएको दाबी गरेका थिए। उनले छोराको सर्टिफिकेट  इक्युभ्यालेन्टका लागि जाँदा घन्टौँसम्म काम नभएपछि ५ हजार घुस दिनासाथ ५ मिनेटमै काम भएको दावी गरेका थिए। 

सांसद महतोले देश समृद्ध बनाउने हो भने निजामती कर्मचारीलाई परिवार चलाउने गरी तलबको व्यवस्था गर्न आग्रह समेत गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.