ओमोडाले डोल्लु सामुदायिक वनमा ‘ओ-फरेस्ट’ योजनासहित ३ हजार बिरुवा रोप्यो

ओमोडाले डोल्लु सामुदायिक वनमा ‘ओ-फरेस्ट’ योजनासहित ३ हजार बिरुवा रोप्यो
सुन्नुहोस्

काठमाडौं : नेपालमा ओमोडाका लागि आधिकारिक वितरक एसपिजि अटोमोबाइल्स प्रालिले टि-ट्वान्टि विश्वकप क्रिकेट २०२४ को अवसरमा ल्याएको ‘नेपाल स्कोर्स, ओमोडा ग्रोज’ नामक सामाजिक तथा वातावरणीय उत्तरदायित्व योजना (सि एस आर) अन्तर्गत ३ हजार रुख-बिरुवाको वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। 

ओमोडाले यसै अन्तर्गत दक्षिणकाली नगरपालिकाको डोल्लु समुदाय (डोल्लु सामुदायिक वन)सँगको सहकार्यमा ‘ग्रिन नेपाल, ग्रिनर फ्युचर’ नाराको साथ ‘ओ-फरेस्ट’ को अवधारणा र योजना ल्याएको हो। डोल्लु सामुदायिक वनमा अवस्थित यही ‘ओ-फरेस्ट’मा डोल्लु समुदाय, देशभरका विद्युतीय गाडी ओमोडाका चालक, पारखी तथा ग्राहकहरूको सहभागितामा ५ श्रावणमा वृक्षारोपण सम्पन्न भएको हो। वृक्षारोपण कार्यक्रममा दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेत तथा स्थानीय बासिन्दाको सहभागिता रहेको थियो।

आधुनिक प्रविधि तथा पर्यावरणमैत्री परियोजनाहरू मार्फत वातावरण संरक्षण तथा प्रवर्द्धन गर्ने ओमोडाको दिगो लक्ष्यमा आधारित यो पहलद्वारा विद्युतीय सवारीको प्रवर्द्धन हुनुका साथै डोल्लु सामुदायिक वनका लागि उचित रुख-बिरुवा पनि रोपिएको छ। यो अभियान दिगो भविष्यप्रति ओमोडाको प्रतिबद्धताको एउटा महत्वपूर्ण कदम हो। 

वृक्षारोपण कार्यक्रमले डोल्लु सामुदायिक वनमा रुखको सङ्ख्यामा स्वाभाविक वृद्धि हुनुका साथै त्यहाँ रहेका लोपन्मुख प्रजातिका वनस्पति तथा जीवजन्तुको संरक्षण तथा सम्वर्द्धनमा पनि सकारात्मक प्रभाव पार्छ। एसपिजि अटोमोबाइल्सले वृक्षारोपण कार्यक्रम अन्तर्गत १५०० रुख-बिरुवा दक्षिणकालीमा र इलाममा ‘रेड पान्डा नेटवर्क’सँगको सहकार्यमा रेड पान्डाको आरक्षणका लागि थप १५०० रुख-बिरुवा पनि रोपेको छ।

एसपिजि अटोमोबाइल्स, यस्तै व्यावहारिक योजना तथा पहलकदमीहरूद्वारा काठमाडौँमा व्याप्त वातावरण प्रदूषणका नकारात्मक असरहरूलाई न्यूनीकरण गर्न आफ्नो भूमिका खेल्दै आइरहेको छ। एसपिजि अटोमोबाइल्स, पर्यावरण प्रवर्द्धन, उदयोन्मुख जीवजन्तु संरक्षण, तथा जलवायु परिवर्तन अनुकुलनका निम्ति एकआपसमा समुदाय वा जुनसुकै निकायसँग सधैँ हातेमालो गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्दछ।

एसपिजि अटोमोबाइल्स प्रालि नेपालमा ओमोडा एण्ड जेइको अटोमोबाइल कम्पनी लिमिटेडको आधिकारिक वितरक हो। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.