अनररी कन्सुलर कर्पस नेपालको डिनमा चन्द्र ढकाल

अनररी कन्सुलर कर्पस नेपालको डिनमा चन्द्र ढकाल
सुन्नुहोस्

काठमाडौं : नेपालमा कार्यरत अवैतनिक वाणिज्यदूतहरूको संस्था अनररी कन्लुलर कर्पस नेपाल (एचसीसीएन)ले मंगलबार १७औं वार्षिक साधारण सभा तथा चार्टर डे सम्पन्न गरेको छ। 

साधारण सभाले एचसीसीएनको डिनमा चन्द्र ढकाल र भाइस डिनमा भोला विक्रम थापालाई चयन गरेको छ। हाल ६२ सदस्य रहेको यो संस्थाले हरेक वर्ष नयाँ नेतृत्व चयन गर्दै आएको छ। 

कार्यक्रममा परराष्ट्रमन्त्री आरजु राणा देउवाले एचसीसीएनले विश्वका राष्ट्रसँग कुटनीतिक सम्बन्ध विस्तार गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन्। आर्थिक कुटनीतिको माध्यमबाट नेपालमा लगानी अभिवृद्धि गर्न सकिने तथा यसका लागि देशले वैदेशिक लगानीका लागि उपयुक्त वातावरण तयार गर्नुपर्ने उनको भनाइ थियो।  

आफ्नो स्वागत मन्तव्यमा एचसीसीएनका निवर्तमान डिन विष्णु कुमार अग्रवालले अवैतनिक वाणिज्यदूतहरूले लगानी भित्र्याउने, पर्यटनको प्रवर्द्धन गर्ने लगायत द्विपक्षीय सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान दिँदै आएको बताए। नेपाली विद्यार्थीलाई विदेशमा अध्ययन गर्न छात्रवृत्तिदेखि विदेशी राष्ट्रबाट मानवीय तथा विकास परियोजना भित्र्याउन समेत वाणिज्यदूतहरूले भूमिका खेलेको उनको भनाइ थियो।

औपचारिक रुपमा सन् २००७ मा स्थापना भएको यो संस्थाका सदस्यले विश्वका ५ महादेशका ६२ देशलाई प्रतिनिधित्व गर्ने उनले जानकारी दिए। एचसीसीएनले जेठको दोस्रो साता लुम्बिनीमा ‘समृद्धिका लागि विश्व शान्ति’ विषयको अन्तर्राष्ट्रिय कन्क्लेभको आयोजना गरेको र सो सम्मेलनमा विश्वका विभिन्न देशका १९ राजदूत तथा प्रतिनिधिहरू रहेका बताए। बुद्ध जन्मस्थल लुम्बिनीको प्रचारप्रसार, समृद्धिका लागि विश्व शान्तिको आवश्यकता, पर्यटन प्रवर्द्धन र नेपालमा विदेशी लगानी अभिवृद्धिमा सम्मेलनले महत्वपूर्ण योगदान गरेको उनको भनाइ थियो। 

एचसीसीएनका नवनियुक्त डिन चन्द्र ढकालले एचसीसीएनले आर्थिक तथा सांस्कृतिक रूपमा नेपाललाई विश्व समुदायसँग जोड्दै आएको बताए। उनले परराष्ट्र मन्त्रालयसँगको सहकार्यमा आर्थिक कूटनीति मार्फत नयाँ अवसरलाई आत्मसात् गर्न एचसीसीएन सधैं तयार रहेको बताए।

नेपाल सरकारले वैदेशिक लगानी भित्र्याउने विषयसँग सम्बद्ध यसअघिका कानुन तथा नीतिहरूलाई सुधार गरेर लगानी मैत्री बनाएको चर्चा गर्दै ढकालले एचसीसीएनले लगानी भित्र्याउन र देशको आर्थिक समृद्धिका लागि योगदान गर्ने बताए। 
उक्त कार्यक्रमा परराष्ट्रमन्त्री राणाले एचसीसीएनको आधिकारिक वेबसाइट सार्वजनिक गरेकी थिइन्। वेबसाइटमा नेपालमा कार्यरत् अवैतनिक वाणिज्यदूतको कार्यालय सम्बन्धी जानकारी, संस्थाले विगत र हाल गरेका गतिविधि लगायतका सूचनाहरू राखिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.