जनप्रतिनिधिले कर्मचारीमाथि हातपात गरेको भन्दै नगरपालिकाको सेवा ठप्प

जनप्रतिनिधिले कर्मचारीमाथि हातपात गरेको भन्दै नगरपालिकाको सेवा ठप्प
सुन्नुहोस्

झापा : जनप्रतिनिधिले कर्मचारीमाथि हातपात गरेको भन्दै भद्रपुर नगरपालिकाको अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा भोलिदेखि ठप्प हुने भएको छ। 

घटनापश्चात् भद्रपुर नगरपालिका सम्पूर्ण कर्मचारीहरूले सामूहिक रूपमा हस्ताक्षर गरी विज्ञप्ति निकालेर सेवा बन्द गर्ने जानकारी गराएको हो। भद्रपुर ४ नम्बर वडा कार्यालयका सचिव मानबहादुर मगरमाथि वडा सदस्य अर्जुन बानियाँ हातपात गरेको आरोप लगाइएको छ। 

नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरू बीच नङ र मासुको सम्बन्ध स्थापित गर्दै नगरलाई विकासको दिशामा अग्रसर गराउन एकजुट भई अघि बढिरहेको अवस्थामा मंगलबार दिउँसो साढे १ बजेको समयमा ४ नम्बर वडा समितिको बैठक सञ्चालन भइरहेको अवस्थामा वडा सचिव मगरमाथि वडा सदस्य बानियाँले हातपात गरेको  घटनाले समग्र नगरपालिका कर्मचारी परिवारलाई मर्माहत र दुखी बनाएको छ।

यस घटनाले कर्मचारीहरूको कार्यस्थलमा सुरक्षाको प्रत्याभूति नभएको देखिएको छ। हामी सबै हतोत्साहित भएका छौँ। उक्त घटनाको घोर निन्दा गर्दै घटनाको दोषीलाई कारबाही र सुरक्षाको  प्रत्याभूति नभएसम्म अत्यावश्यकबाहेक अन्य सबै सेवाहरू हाललाई बन्द गर्ने जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

घटना विवरण अनुसार वडा समितिमा सेवाग्राहीलाई मोटर वितरण गर्ने सम्बन्धमा बैठक चलिरहेको थियो। बैठकमै वडा सचिव मगर र वडा सदस्य बानियाँबीच सोही विषयमा विवाद भएको थियो।  विवादकै क्रममा वडा सदस्य बानियाँले सचिव मगरमाथि हातपात गरेको बताइएको छ। 

यता वडाध्यक्ष हंशधर राजवंशीले बैठकमा भएको घटना दुःखद भएको बताए। वडा सदस्यले हातपात गरेको गल्ती स्वीकार गरिसक्नु भएको बताउँदै वडा अध्यक्ष राजवंशीले भने, ‘वडा सचिव घटना पश्चात् अस्पताल जानुभएको थियो, अस्पतालमै पुगेर दुवै पक्षलाई राखेर मेलमिलाप गराइसकेका छौँ। कर्मचारीहरूले सेवा ठप्प पार्ने गरी विज्ञप्ति निकालेर यसलाई राजनीतिकरण गर्नु हुँदैन थियो।’ यस बारेमा भोलि बिहान नगरपालिकामा छलफल गरी टुंगो लगाउने उनले बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.