अमेरिकी सिक्रेट सर्भिसका निर्देशक किम्बर्लीद्वारा राजीनामा, बाइडेनले अर्को निर्देशक चयन गर्ने

ट्रम्पको हत्या प्रयास रोक्ने आफ्नो मिसनमा एजेन्सी असफल भएको स्वीकार

अमेरिकी सिक्रेट सर्भिसका निर्देशक किम्बर्लीद्वारा राजीनामा, बाइडेनले अर्को निर्देशक चयन गर्ने
सुन्नुहोस्

वासिङटन डिसी : अमेरिकी सिक्रेट सर्भिसका निर्देशक किम्बर्ली चिटलले मङ्गलबार पदबाट राजीनामा दिएकी छन्। उनले पूर्वराष्ट्रपति एवं नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको हत्या प्रयास रोक्ने आफ्नो मिसनमा एजेन्सी असफल भएको स्वीकार गरेकी छिन् । 

जुलाई १३ मा पेन्सिलभेनियास्थित बटलरको एउटा चुनावी र्यालीमा २० वर्षीय बन्दुकधारीले ट्रम्पलाई घाइते बनाएपछि चिटललाई पदबाट राजीनामा दिन डेमोक्रेट र रिपब्लिकन पार्टीको दवावको सामना गर्नुपरिरहेको थियो । 

हाउस अफ रिप्रेजेन्टेटिभका रिपब्लिकन अध्यक्ष माइक जोनसनले पत्रकारहरूसँग भने, 'यो काम गर्न धेरै ढिलो भएको छ, उहाँले यो काम कम्तीमा एक साता अघि गर्नुपर्ने थियो, उहाँले रिपब्लिकन र डेमोक्रेट दुवैको आह्वानलाई ध्यान दिनुभएकामा मलाई खुशी लागेको छ ।'

चिटलले सोमबार कांग्रेस कमिटीसमक्ष ट्रम्पको हत्या प्रयास सिक्रेट सर्भिसको सबैभन्दा ठूलो असफलता भएको बताएकी थिइन् । 

रिपब्लिकन र डेमोक्रेट दुवैले उनलाई राजीनामा दिन आह्वान गरेका थिए।

ट्रम्पले पेन्सिलभेनियाको बटलरमा चुनावी कार्यक्रममा बोल्न सुरु गरेको केही मिनेटपछि नै २० वर्षीय बन्दुकधारी थोमस म्याथ्यु क्रुक्सले एआर–स्टाइल एसल्ट राइफलले उनीमाथि गोली चलाएका थिए । 

नजिकैको एउटा भवनको छतबाट आठमध्ये पहिलो गोली चलाएको ३० सेकेन्डभन्दा पनि कम समयमा सिक्रेट सर्भिस स्नाइपरले क्रुक्सलाई गोली हानी मारेका थिए । बटलरबाट करिब ५० माइल टाढाको सहरमा बस्ने क्रुक्सले एक्लै काम गरेको अनुसन्धानकर्ताले निष्कर्ष निकालेका छन् । 

गोली हानाहानमा र्यालीमा सहभागी दुई जना गम्भीर घाइते भएका छन्। पेन्सिलभेनियाको फ्रिपोर्ट निवासी ५० वर्षीय कोरी कम्पेरेटरको गोली लागी मृत्यु भएको थियो । 

ट्रम्पका पूर्वचिकित्सकले साताको अन्त्यमा उनको दाहिने कानमा दुई सेन्टिमिटर बन्दुकको गोली लागेको घाउ अहिले ठिक हुँदै गएको बताएका थिए। 

चिटलले २७ वर्षसम्म सिक्रेट सर्भिस एजेन्टका रूपमा काम गरेकी थिइन् । उनलाई राष्ट्रपति बाइडेनले एजेन्सीको प्रमुखमा नियुक्त गरेका थिए । रासस
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.