गाविस अध्यक्ष हुँदै मुख्यमन्त्रीसम्म

एमालेको समर्थनमा तामाङ समुदायबाट पहिलो मुख्यमन्त्री

गाविस अध्यक्ष हुँदै मुख्यमन्त्रीसम्म
सुन्नुहोस्

नुवाकोट : नुवाकोटको मानेगाउँमा जन्मिएका बहादुरसिंह लामा तामाङ मुख्यमन्त्री भएका छन्। एमालेको समर्थनमा ५४ वर्षीय नेपाली कांग्रेस बागमती संसदीय दलका नेता लामा,तामाङ समुदायबाट पहिलो पटक बागमती प्रदेशको मुख्यमन्त्री भएका हुन्।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका लामा गत २०७४ सालमा प्रतिनिधि सभा सदस्य, २०७० सालमा संविधान सभा सदस्यमा निर्वाचित भएर संविधान निर्माणमा क्रियाशील भएका थिए। 
लामा गत २०५४ सालको स्थानीय तह निर्वाचनमा नुवाकोटको साविक मनकामना गाविसमा कांग्रेसका तर्फबाट अध्यक्षमा विजयी भएका थिए। उनी २०६४ सालको संविधान सभाको निर्वाचनमा नुवाकोट ३ बाट माओवादी केन्द्रका पोष्टवहादुर वोगटीसँग पराजित भएका थिए। 

बागमती प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्ति गरेका तामाङ अब बागमती प्रदेश सरकारको नेतृत्वमा पुगेका छन्।  संविधान सभा सदस्य, प्रतिनिधि सभा सदस्य, बागमति प्रदेशको आर्थिक मामिला मन्त्री हुँदै तामाङ मंगलबार वागमति प्रदेशको पाँचौं मुख्यमन्त्री बनेका हुन्। 

२०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनमा नुवाकोट प्रतिनिधिसभा २ प्रदेशसभा (ख) बाट निर्वाचित भएका हुन्। गत २०४३ सालदेखि विद्यार्थी संगठनबाट राजनीतिमा लागेर लामा नुवाकोटको क्षेत्रीय तथा राष्ट्रिय राजनीतिमा सक्रिय छन्। 

उनले २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन एकीकृत माओवादी (हालको नेकपा माओवादी केन्द्र) का चर्चित नेता स्व. पोष्टबहादुर बोगटीलाई फराकिलो मतान्तरले हराएर संविधानसभा सदस्यमा विजयी भएका थिए। कांग्रेसका युवा नेता तथा निर्माण व्यवसायमासमेत संलग्न लामा विभिन्न संघ संस्था र खेलकुद क्रियाकलापमा पनि सक्रिय छन्। 

लामा २०५४ सालमा गाविस अध्यक्ष भएर जनप्रतिनिधिको भूमिकामा रहेर काम गरेका थिए। सालिन स्वभावका लामा प्रस्ट रुपमा आफ्ना विचार राख्दै आएका छन्।  यससँगै, संघीयता कार्यान्वयन पश्चात् बागमतीमा पहिलो पटक कांग्रेसले सरकारको नेतृत्व गरेको छ। 

संघीयता कार्यान्वयनको ७ वर्षे अवधिमा अधिकांश समय प्रमुख प्रतिपक्ष रहेको कांग्रेस विगत ३ वर्ष यता सत्ता साझेदार बनेको थियो।  २०७८ कात्तिकमा सत्ता साझेदारी गर्दै सरकारमा गएको कांग्रेसले नेतृत्व भने प्राप्त गर्न सकेको थिएन।

यसअघि माओवादी–कांग्रेसलगायतको सत्ता गठबन्धनमा तामाङले प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय सम्हालेका थिए। आलोपालोको सरकारमा माओवादीका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको पालो पछि लामा मुख्यमन्त्री बन्ने दौडमा थिए। यद्यपि, यसबीचमा कांग्रेस सत्ता बाहिर गएर एमालेसँग माओवादी लगायतका दलसँग गठबन्धन हुँदा लामाको मुख्यमन्त्री यात्रामा रोक लागेको थियो। एमाले कांग्रेसकै सरकारले उनलाई मुख्यमन्त्री बनाएको छ। 

लामाले मुख्यमन्त्रीको लागि नेकपा एमालेका २७ र नेपाली काँग्रेसमा ३७ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख शर्मा समक्ष दाबी पेश गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.