नकारात्मक परिघटनाले पार्टीलाई जनतामा जाने अवसर प्राप्त भयो : प्रचण्ड

नकारात्मक परिघटनाले पार्टीलाई जनतामा जाने अवसर प्राप्त भयो : प्रचण्ड
सुन्नुहोस्

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार छाडेपछि पार्टीलाई जनताका मुद्दा बोकेर जनतामा जाने अवसर प्राप्त भएको बताएका छन्।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित स्व नेता नरबहादुर कर्माचार्यको ११ औँ स्मृति सभालाई सम्बोधन गर्दै उनले सरकार छाड्दा आफ्ना कुरालाई सशक्त ढङ्गले संसदमा राखेर छाडेको दाबी गरेका हुन्। 

‘राजनीतिक रूपमा राम्रो आधार बनेको छ अब त्यसलाई सङ्गठनमा बदल्नुपर्ने अवसर प्राप्त भएको छ’, प्रचण्डले भने,‘हामी सरकार छोड्दा पनि आफ्ना कुरालाई सशक्त रुपले संसदमा राखेका छौं। हामी सरकारबाट विजेताको रुपमा हामी बाहिर आयौं, जो सरकारमा गएका छन्, उनीहरु पराजित मानसिकतामा छन् । उनीहरु रक्षात्मक र हामी आक्रमक ढंगले आफ्ना कुराहरुलाई राख्ने स्थिति बनेको छ।’

पूर्वप्रधानमन्त्री प्रचण्डले आम जनता र कार्यकर्तामा निराशा नभई विजयी भएर बेदाग निस्किएको दाबी गरे। उनले भने,‘भ्रष्टाचारमा लिप्त हुनेलाई सुशासनको पक्षमा माओवादी नेतृत्वको सरकारले खेलिरहेको भूमिका सह्य नभएर नयाँ गठबन्धन बनाइयो।’

प्रचण्डले संविधानमा जनताले प्राप्त गरेको उपलब्धी उल्ट्याउने खतरा पनि रहेको बताए। प्रचण्डले भने,‘आवश्यक परे जनतालाई फेरि लिएर सडक र संसदबाट प्रतिवाद गर्छौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.