विमान दुर्घटनामा ज्यान गुमाएकाप्रति प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त

विमान दुर्घटनामा ज्यान गुमाएकाप्रति प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनाप्रति दु:ख व्यक्त गरेका छन्।

दुर्घटनालगत्तै दुर्घटनास्थल पुगेका प्रधानमन्त्री ओलीले दुर्घटनामा निधन भएकाप्रति दु:ख व्यक्त गरेका हुन्। प्रधानमन्त्री ओलीले यस दु:खद घडीमा सबैलाई धैर्य गर्न अनुरोध समेत गरेका छन्। 

प्रधानमन्त्री ओलीले नागरिक उड्डयन प्राधिकरणका अधिकारीलाई भेटेर विमान दुर्घटनाको कारण बुझ्न आफू घटनास्थलमा पुगेको जानकारी समेत गराएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,'नियमित प्राविधिक परीक्षणका लागि पोखरा उड्न लाग्दा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जना प्राविधिक र क्र्यु मेम्बरको निधनले अत्यन्त दुःख लागेको छ। नागरिक उड्ययन प्राधिकरणका अधिकारीलाई भेटेर यसको कारण बुझ्न घटनास्थल आइपुगेको छु। अहिले विमानस्थल सञ्चालनमा आइसकेको छ । यो दुःखद घडीमा सबैलाई धैर्य रहन अनुरोध गर्दछु ।'

विमान दुर्घटनाको जानकारी लिन प्रधानमन्त्री ओलीसँगै गृहमन्त्री रमेश लेखक, संस्कृति पर्यटन तथा उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे दुर्घटनास्थल पुगेका थिए। बु्धबार बिहान ११ बजेर ११ मिनेट जाँदा मर्मतका लागि पोखरा उडेको सौर्य एयर लाइन्सको जहाज दुर्घटना भएको थियो। जहाज दुर्घटनामा १८ जनाको मृत्यु भएको छ।

घाइते अवस्थामा उद्दार गरिएका पाइलट मनिष शाक्यको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ। विमानमा दुईजना क्रू मेम्बरसहित १८ जना सवार थिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.