प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै विमान सौर्य एयरलायन्सको विमान दुर्घटना भएपछि प्रधानमन्त्री ओलीले आकस्मिक बैठक बोलाएका हुन्।
प्रधानमन्त्री सचिवालयका अनुसार बैठक बेलुका ५ बजे बस्दैछ। प्रधानमन्त्री ओलीले विमान दुर्घटनाको छानबिन गर्ने बताएका थिए। सोही प्रक्रियाका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको बताइएको छ।