बिआरआई परियोजनाबारे परराष्ट्रमन्त्री राणा भन्छिन्- आवश्यक छलफलपछि मात्रै निर्णय गर्छौं

बिआरआई परियोजनाबारे परराष्ट्रमन्त्री राणा भन्छिन्- आवश्यक छलफलपछि मात्रै निर्णय गर्छौं
सुन्नुहोस्

काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणा देउवाले चिनियाँ परियोजना बिआरआईको सञ्चालन एवं कार्यान्वयनका बारेमा छलफल जारी रहेको बताएकी छन्। 

संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको आजको बैठकमा सांसदहरूले राखेका जिज्ञासामा उनले सो विषयमा स्पष्ट पारिन्। सांसदहरूले नेपाल सरकारले चिनियाँ परियोजना बिआरआई ऋण या अनुदान कुन मोडलमा के कसरी सञ्चालन गर्न चाहेको हो भन्ने बारेमा परराष्ट्रमन्त्री राणासँग प्रश्न गरेका थिए।

'यस परियोजनाको ‘फ्रेमवर्क डकुमेन्ट’मा नेपाल सरकारले पहिले नै हस्ताक्षर गरिसकेको छ। अब यसको कार्यान्वयनको मोडल के कस्तो हुने, यसलाई अनुदान या ऋण केमा सञ्चालन गर्ने भन्ने विषय निर्णय भइसकेको छैन। सर्वपक्षीयरूपमा सबैसँग आवश्यक छलफल गरी पछि निर्णय गर्नेछौं। यसमा व्यापक छलफल गर्नेछौं, जसरी एमसिसी परियोजनाका बारेमा पनि सबैसँग व्यापकरूपमा छलफल गरेर नै संसद्ले पारित गरेको थियो,' उनले भनिन्।  

परराष्ट्रमन्त्री राणाले नेपालले परराष्ट्र नीति निर्माण तथा कार्यान्वयन गर्दा नेपालको राष्ट्रियता, नेपालको हित र नेपाली नागरिकलाई केन्द्रमा राखेर बनाइने स्पष्ट गर्दै नेपालमा निर्माण हुने वैदेशिक सहायताका परियोजनाहरूमा पनि यो पक्षलाई राम्रोसँग ध्यान दिइने बताइन्। 

उनले नेपालको परराष्ट्र नीति पञ्चशीलका सिद्धान्तका मूल्या मान्यता एवं असंलग्नतामा आधारित नै हुने पनि स्पष्ट गरिन्। इपिजीको प्रतिवेदनका विषयमा सोधिएको एक प्रश्नमा उनले भनिन्, 'सो प्रतिवेदन दुवै देशको सहमतिबाट नै बुझ्ने भन्ने रहेछ। तर, कहाँ गएर रोकिएको छ भन्ने विषयमा अध्ययन गरेर अघि बढिने छ।' -रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.