बर्दियामा धातुका ऐतिहासिक मूर्ति तथा भाँडासहित मानिस पक्राउ

बर्दियामा धातुका ऐतिहासिक मूर्ति तथा भाँडासहित मानिस पक्राउ
सुन्नुहोस्

गुलरिया : बर्दियाको बाँसगढी नगरपालिका-५ स्थित पूर्वपश्चिम राजमार्गबाट प्रहरीले भारी मात्रामा धातुको ऐतिहासिक सामाग्रीहरू नियन्त्रणमा लिएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको भे १ च १६९७ नम्बरको बलेरो गाडी चेकजाँचका क्रममा १४ पोका ऐतिहासिक सामाग्रीहरूसहित मानिसलाई नियन्त्रणमा लिएको हो। 

सामाग्री ढुवानी गर्ने गाडी चालक बर्दियाको गुलरिया नगरपालिका-११ लालपुर बस्ने २१ वर्षीय संजय राढ, सहयोगी भारतको वहराईच जिल्ला लौकाही बस्ने वर्ष ४८ को जब्बर खाँ बलेरो गाडी र अवैध रूपमा लैजाँदै गरेको ऐतिहासिक सामाग्रीहरू नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए। 

प्रहरीले देवी भगवतीको पहेलो धातुको मूर्ति, नरसिंह देवको पहेलो धातुको मूर्ति, बायुपंखी गाईको धातुको मूर्ति, सिंहको पहेलो धातुको मूर्ति १/१ थान, नन्दीको पहेलो धातुको मूर्ति ४ थान,  नन्दीको कालो धातुको मूर्ति, भ्यागुताको पहेलो धातुको मूर्ति, फूलदानी पहेलो धातुको, करुवा ठूलो कालो धातुको, करुवा सानो कालो धातुको, कलश सानो पहेलो धातुको १/१ थान बरामद गरेको छ। पानी पिउने प्याला पहेलो धातुको, पानस दियो ठूलो पहेलो धातुको, घण्ट ठूलो कालो धातुको, सन्दुक सानो धातुको १/१ थान र टुकी कालो धातुको ११ थान बरामद गरेको डीएसपी अर्यालले बताए। 

त्यस्तै खड्करो ठूलो र सानो कालो धातुको ५/५ थान, कमल खड्करो सानो पहेलो धातुको ६ थान, कसौडी ठूलो कालो धातुको ८ थान, कसौडी मझौला कालो धातुको ७ थान, कसौडी सानो कालो धातुको १४ थान, पानी फुलदानी भाडा धातुको २ थान, कसौडी राख्ने तलुवा धातुको २ थान र कचौरा पहेलो धातुको ३ थान बरामद गरिएको छ। प्रहरीले ठूलो मात्रामा अटोमोबाइलका सामाग्रीहरू समेत बरामद गरेको छ। 

बरामद सामाग्री तथा मानिस नियन्त्रणमा लिइ थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक प्रवीण धितालले बताए। उनले भने, 'महँगो मूल्यका पौराणिक मूर्ति लगायत भाँडाकुडाका सामाग्री छन्। भारतबाट ल्याइ जम्मा गरेको हुनसक्छ। हामीले पुरातत्व विभागमा खबर गरेका छौं। चेकजाँच गर्छौं। बरामद सामाग्रीहरूको पौराणीक मूल्य महँगो पर्छ। करोडौँ रुपैयाँको सामान छ।' अनुसन्धानपश्चात् थप कुरा पत्ता लाग्ने उनले बताए।

बर्दिया प्रहरीले नियन्त्रणमा लिएको मूर्ति लगायत धातुका पौराणिक सामाग्री। तस्बिर : जिप्रका बर्दिया।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.