झापामा करेन्ट लागेर एकजनाको मृत्यु

झापामा करेन्ट लागेर एकजनाको मृत्यु
सांकेतिक तस्बिर।
सुन्नुहोस्

झापा : झापाको कचनकवलमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा कचनकवल गाउँपालिका–४ निवासी तुलाराम साहका १६ वर्षीय छोरा विशालकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

पौने ९ बजेको समयमा घरको भान्सा कोठामा नाङ्गो तारमा छुँदा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका उनलाई तत्काल उपचारको लागि प्राथमिक उपचार केन्द्र बनियानीतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

घटना बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.