पर्खी खालिङ राईको जीवनी ‘कराते कहर,सफलता बहार’ पुस्तक अमेरिकामा विमोचन

पर्खी खालिङ राईको जीवनी ‘कराते कहर,सफलता बहार’ पुस्तक अमेरिकामा विमोचन
सुन्नुहोस्

न्युयोर्क : मार्शल आर्ट्स (कराते)का चौथो डिग्री ब्ल्याक बेल्ट तथा अन्तर्राष्ट्रिय निर्णायक पर्खी खालिङ राईको जीवनी ‘कराते कहर,सफलता बहार’ पुस्तक सार्वजनिक भएको छ। न्युयोर्क क्विन्सको ज्याक्सन हाइटमा युनाटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका(युक्रा) न्युयोर्क च्याप्टरको आयोजनामा पुस्तक विमोचन भएको हो।

उनको भाइ मानवीर खालिङद्वारा लिखित पुस्तक डा. लाल श्याँकारेलु रापचाले सम्पादन गरेका हुन्। पुस्तकमा राई सानै हुँदा बाबाको निधन भएपछि  कठिन परिस्थिति सामना गर्नुपरेको, पढाइमा बञ्चित भएर भेँडा गोठमा संघर्षमय बाल्यकाल बिताएकोदेखि हाल प्राप्त भएको अपार सफलताको कथा समेटिएको छ। 

राई हाल अमेरिकी कराते महासंघअन्तर्गत अन्तर्राष्ट्रिय खेलाडी छनोटका निर्णायकको रूपमा छन्। उनी संयुक्त राज्य अमेरिकाको विभिन्न राज्यमा निर्णायकको रूपमा कार्यभार सम्हालिसकेका छन् भने संयुक्त राज्य अमेरिकाबाहेक अन्य देशमा पनि निर्णायकको भूमिका निभाइ रहेका छन्। उनले आफैँले सञ्चालन गरेको इन्टरनेशनल मार्शल आर्ट्स एशोसिएसन न्युयोर्कमा आफैँले प्रशिक्षण दिँदै आएका छन्। संयुक्त राज्य अमेरिकामा नेपालीद्वारा सञ्चालित यो नै पहिलो मार्शल आर्ट्स् एशोसिएसन हो। 

null

शनिबार भएको पुस्तक विमोचन कार्यक्रममा विशेष अतिथिको रूपमा न्युयोर्क मेयर कार्यालयका प्रतिनिधि सुक्रानी धान्पत, नेपाल आदिबासी जनजाती महासंघ अमेरिका (फिप्ना)का अध्यक्ष तोरण गुरूङलगायत उपस्थित थिए।

युक्रा न्युयोर्क च्याप्टरका उपाध्यक्ष कृष्णप्रसाद राईले मार्शल आर्टस् चौथो डिग्री ब्ल्याक बेल्ट तथा अन्तर्राष्ट्रिय निर्णायक पर्खी खालिङ राईको जीवनी बारेमा प्रष्ट्याएका थिए।

कार्यक्रममा हामी नेपाली ग्लोबल अमेरिका च्याप्टर अध्यक्ष सोभाकान्त पाण्डेले आफू पनि रेड वेल्टसम्म खेलेको कारण चौथो डिग्री ब्ल्याक बेल्ट राईलाई सम्मान स्वरूप (Oss) भनेर आफनो मन्तव्य सुरू गरेका थिए भने सार्क स्तरिय करातेमा स्वर्ण पदक बिजेता अनु अधिकारीले उक्त कार्यक्रम गुरू पूर्णिमाको दिन परेको कारण गुरू सम्झेर सम्मान व्यक्त गरेकी थिइन्। 

कार्यक्रममा न्युयोर्क मेयर कार्यालयका प्रतिनिधि तथा दक्षिण एशियाली समुदाय सम्पर्क समितिकी सदस्य सुकुरानी धान्पतले बधाइ तथा शुभकामना व्यक्त गरेकी थिइन्।

कार्यक्रम नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना)का अध्यक्ष तोरण गुरूङले राईको जीवनी पढेर भावी सन्ततिमा कडा परिश्रम, धैर्यतापछि सफलता मिल्ने सम्भावनालाई उजागर गरेको बताए थिए। अन्य वक्ताहरूले पनि पुस्तक प्रकाशन भएकोमा बधाइ तथा शुभकामना व्यक्त गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.