गेमी आँधीबाट ताइवानमा बाढी र पहिरो, फिलिपिन्समा २२ जनाको मृत्यु

गेमी आँधीबाट ताइवानमा बाढी र पहिरो, फिलिपिन्समा २२ जनाको मृत्यु
सुन्नुहोस्

ताइपेइ : ताइवानमा गेमी आँधी आएपछि तल्लो भेगमा बाढी र पहिरो गएको छ। आँधीले घर र पसलहरूमा क्षति पुगेको छ। 

आँधीले पश्चिमी प्रशान्त क्षेत्रलाई बगाएको छ। फिलिपिन्समा बाढी र पहिरोबाट २२ जनाको मृत्यु भएको छ। साथै ताइवानमा पनि तीन जनाको मृत्यु भएको छ भने दुई सय २० भन्दा बढी घाइते भएका छन्। 

ताइवानमा कार्यालय र विद्यालय बिहीबार लगातार दोस्रो दिन बन्द  भएका छन् । नागरिकहरूलाई घरमै बस्न र सामुद्रिक तटबाट टाढा रहन आग्रह गरिएको छ। 

ताइवान नियमित रूपमा आँधीहरूको चपेटामा पर्ने गर्छ।  

फिलिपिन्समा डुबेर र पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या बढेको छ। प्रहरीका अनुसार कम्तीमा तीन जना बेपत्ता भएका छन्। 

बिहीबार बिहानैबाट प्रान्तको लिमेय सहरमा १४ लाख लिटर औद्योगिक इन्धन तेलले भरिएको ट्याङ्कर डुबेको र उद्धारकर्ताहरूले १६ मध्ये १५ जना चालक दलका सदस्यको उद्धार गरेको फिलिपिन तट रक्षकले बताएको छ। 

ट्याङ्कर डुब्नुको कारण खराब मौसम र त्यसबाट अशान्त भएको हो कि होइन भन्ने तत्काल स्पष्ट भएको नभएको बताइएको छ। यातायात सचिव जेमी बाउटिस्टाले सामुद्रिक अवस्थाका कारण सम्भावित तेल चुहावटलाई रोक्न तट रक्षककर्मी तत्काल उक्त क्षेत्रमा पुग्न नसेकेको बताए। 

आँधीका कारण ताइवानको पूर्वी तटमा वायु सेनाको अभ्यास रद्द गर्नुपरेको बताइएको छ।

आँधी उत्तरपश्चिमी दिशामा मुख्य भूमि चीनतर्फ बढेकाले यसको प्रभाव शुक्रबारसम्म जारी रहने सम्भावना रहेको जनाइएको छ। चीनको आधिकारिक सिन्ह्वा समाचार एजेन्सीका अनुसार चीनको पूर्वी तटमा रहेको फुजियान प्रान्तमा बुधबार मार्गहरू बन्द गरिएको थियो र सबै रेल सेवा बिहीबारसम्मका लागि रोकिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.