सत्तारुढ दललाई बदनाम गरेको आरोपमा कम्बोडियाली विपक्षी नेतालाई १५ लाख डलर जरिवाना

सत्तारुढ दललाई बदनाम गरेको आरोपमा कम्बोडियाली विपक्षी नेतालाई १५ लाख डलर जरिवाना
सुन्नुहोस्

कम्बोडियाको एक अदालतले सत्तारुढ दललाई बदनाम गरेको आरोपमा बिहीबार त्यहाँका विपक्षी नेतालाई करिब १५ लाख अमेरिकी डलर जरिवाना गरेको छ। 

गत फेब्रुअरीमा विदेशी सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा क्यान्डललाइट पार्टीका नेता टिभ भ्यानोलले हुन मानेटको शासनकालमा राज्य ‘लोकतन्त्रको हिसाबले खराब हुँदै गएको’ बताएका थिए। हुन मानेटले सन् २०२३ मा आफ्ना पिता हुन सेनको करिब चार दशक लामो शासनपछि सत्ता सम्हालेका हुन्। 

हुन मानेटलाई प्रधानमन्त्री बनाउनका लागि कम्बोडियाली पिपुल्स पार्टी (सीपीपी) ले पार्टीमा दिएको भारी समर्थन र मुख्य प्रतिद्वन्द्वी क्यान्डललाइट पार्टीलाई संसदीय निर्वाचनमा सहभागी हुनबाट रोक्ने प्रक्रियालाई भ्यानोलले ढोङको रूपमा निन्दा गरेका थिए। 

नोमपेन म्युनिसिपल कोर्टले बिहीबार भ्यानोललाई ‘सार्वजनिक मानहानीको दोषी’ ठहर गर्दै वादी सीपीपीलाई छ अर्ब रियल (करिब १५ लाख अमेरिकी डलर) तिर्न आदेश दिएको छ। 

उनलाई एक करोड मिलियन रियाल (दुई हजार ४०० अमेरिकी डलर) तिर्न पनि आदेश दिइएको छ। फैसलाका समय भ्यानोल विदेशमा भएका कारण अदालतमा उपस्थित थिएनन्।   

उनका वकिल चोङ चोङ्गीले अदालतको फैसलाबाट आफू निराश भएको र आफ्नो क्लाइन्टले ‘आफ्नो विचार व्यक्त’ मात्र गरिरहेको बताएका छन्। अपिल गर्ने कि नगर्ने भन्ने विषयमा छलफल भइरहेको उनले बताए। 

प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि हुन सेनले एक महत्वपूर्ण औपचारिक भूमिका ग्रहण गर्दै सिनेटको अध्यक्ष बनेका थिए। यसले उनलाई राजा विदेशमा हुँदा राज्यको कार्यवाहक प्रमुखको रूपमा कार्य गर्न अनुमति दिइन्छ।

निर्वाचन आयोगले सत्तारुढ दल सीपीपीको पक्षमा उभिएको दावी गरेपछि सन् २०२२ मा क्यान्डललाइट पार्टीका उपनेता सोन छायाँलाई मानहानिको मुद्दामा दोषी ठहर गरिएको थियो।

उनलाई सत्तारुढ दललाई सात लाख ५० हजार डलर क्षतिपूर्ति र राज्यलाई चार हजार २५० डलर जरिवाना तिर्न आदेश दिइएको थियो। रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.