इजरायली सेनाद्वारा गाजामा बन्धक बनाइएका पाँच जनाको शव फेला

इजरायली सेनाद्वारा गाजामा बन्धक बनाइएका पाँच जनाको शव फेला
फाइल तस्बिर।
सुन्नुहोस्

इजरायली सेनाले बिहीबार अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासको आक्रमणका क्रममा गाजा पट्टीमा बन्धक बनाइएका पाँच जनाको शव फेला पारेको बताएको छ।

सेनाले बन्धक बनाइएका माया गोरेनका साथै सैनिकहरू रविद आर्ये काट्ज, ओरेन गोल्डिन, तोमर अहिमास र किरिल ब्रोडस्कीको शव इजरायललाई फिर्ता गरिएको जनाएको छ।

गाजा पट्टीको मुख्य सहर खान युनिसमा अपरेसनका क्रममा ती शव बुधबार बरामद गरिएको सेनाको भनाइ छ। सेनाले अक्टोबर ७ मा हमास लडाकूहरूले गरेको आक्रमणमा चार सैनिक मारिएको बताएको छ।

डिसेम्बरमा सेनाले गोरेनको मृत्यु भएको घोषणा गरेको थियो। उनलाई अक्टोबर ७ मा अपहरण गरी गाजा लगिएको थियो। 

दुई इजरायली किबुत्ज, निर ओज र निर यित्ज्याकको फरक फरक बयानमा सेनाले गोरेन र गोल्डिनको शव बरामद गरिएको बताएपछि बिहीबार उक्त घोषणा आएको हो। 

किबुत्ज निर ओजले भने, 'हिजो राति सेनाको उद्धार कार्यमा दिवङ्गत माया गोरेनको शव फेला परेको हामीलाई सूचित गरिएको थियो।' उनले गोरेनको परिवारलाई सूचित गरिएको र थप जानकारी दिइने बताए। 

पछि अर्को छुट्टै बयानमा किबुत्ज निर यित्ज्याकले सेनाले गोल्डिनको शव फिर्ता गरेको बताए। 'आज साँझ किबुत्ज आपत्कालीन टिमका सदस्य दिवङ्गत ओरेन गोल्डिनको उद्धार कार्यबारे हामीलाई सूचित गरिएको थियो, उनी अक्टोबर ७ मा हमास लडाकूहरूको आक्रमणमा मारिएका थिए।' रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.