नेकपा एसको बैठक : केन्द्रीय सदस्य चयनमा देखिएका समस्याबारे छलफल

नेकपा एसको बैठक : केन्द्रीय सदस्य चयनमा देखिएका समस्याबारे छलफल
सुन्नुहोस्

काठमाडौं : नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीलाई पूर्णता दिनका लागि मापदण्ड लगायतका विषयमा देखिएको समस्याका बारेमा छलफल गरेको छ । पार्टी कार्यालय आलोकनगरमा बिहीबार बसेको नेकपा एसको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिनका लागि आधार र मापदण्डका साथै चाँडै सदस्य चयनका लागि देखिएका समस्याका बारेमा छलफल भएको हो । 

केन्द्रीय सदस्यका लागि सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्याङ्कन गरी सन्तुलन मिलाएर मनोनयन गर्ने एकीकृत समाजवादीको तयारी छ । पार्टीमा दुई सय ६ केन्द्रीय सदस्य पद रिक्त छन् ।

बैठकमा पार्टी अध्यक्ष माधव कुमार नेपालले सौर्य एयरलाइन्सको दुर्घटनामा मृतकप्रति श्रद्धाञ्जली दिँदै तत्काल छानबिन गर्दै राहत र क्षतिपूर्तिको व्यवस्थालगायत विषयमा छलफल भएको नेता जगन्नाथ खतिवडाले जानकारी दिए।

उनले नयाँ सरकार गठन भएको केहि दिनमात्रै भएकाले त्यसका गुण र दोषका आधारमा आवश्यक समीक्षा गर्ने बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.