संसदीय समितिले मगायो यती एयरलायन्स दुर्घटना सम्बन्धमा बनेको जाँचबुझ आयोगको प्रतिवेदन

संसदीय समितिले मगायो यती एयरलायन्स दुर्घटना सम्बन्धमा बनेको जाँचबुझ आयोगको प्रतिवेदन
सभापति राजकिशोर यादव।

काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपालको हवाई क्षेत्र इयूको कालोसूचीबाट हटाउनका लागि भइरहेका तयारीका बारेमा जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ।

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले इयूको कालोसूचीबाट हटाउनका लागि भइरहेका तयारीका साथै आइकाओको रिपोर्टसहित बैठकमा उपस्थित हुन पर्यटनमन्त्रीलाई निर्देशन दिएको हो। इयू सेफ्ट लिष्टमा कति दिनभित्र नेपाल पर्छ भन्ने जानकारीसहित उपस्थित हुन पर्यटनमन्त्रीलाई निर्देशन दिइएको समिति सभापति राजकिशोर यादवले जानकारी दिए।

बैठकले नेपाल एयरलायन्सलाई कोरियामा उडान भर्नका लागि भइरहेका कार्ययोजनासहित उपस्थित हुन पनि पर्यटनमन्त्रीलाई निर्देशन दिएको उनले बताए।

त्यस्तै पोखरामा यती एयरलायन्सको विमान दुर्घटनापछि बनेको जाँचबुझ आयोगको प्रतिवेदन समितिमा उपलब्ध गराउन पनि निर्देशन दिएको सभापति यादवले बताए। त्यस्तै बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग सम्बन्धित दुई विधेयकको अवस्थाका बारेमा जानकारी गराउन पनि सरकारलाई निर्देशन दिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.