बेचन झालाई हिरासत मुक्तको माग गर्दै परेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट सर्वोच्चले गर्यो खारेज
नक्कली भुटानी शरणार्थी प्रकरण
काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई हिरासत मुक्त गर्नुपर्ने माग गर्दै परेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ। बिहीबार न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले रिट निवेदन खारेज गरेको हो।
जिल्ला अदालत काठमाडौंले संगठित अपराधमा अनुसन्धानका लागि पटक-पटक म्याद थप गरेर थुनामा राखेपछि झाका छोरा दिव्यान्शु शेखर झाले गत असार ३० गते सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दिएका थिए। यसअघि उक्त रिट दुईपटक स्थगित भएको थियो।
नक्कली भुटानी शरणार्थी प्रकरणमा गत असार १४ गते पक्राउ परेका झालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।