कीर्तिपुरमा क्रिकेट रंगशाला बनाउन प्रधानमन्त्रीले थाले छलफल

कीर्तिपुरमा क्रिकेट रंगशाला बनाउन प्रधानमन्त्रीले थाले छलफल
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित टियु क्रिकेट रंगशाला निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएका छन्। उनले रंगशाला निर्माणका लागि त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा. केशरजंग बरालसँग छलफल गरेका छन्।

छलफलमा विश्वविद्यालयका रेक्टर र रजिष्टार पनि सहभागी थिए। रंगशाला रहेको जग्गा लिजमा उपलब्ध गराउने विषयमा उनीहरूबीच छलफल भएको हो। प्रधानमन्त्री ओलीले टियु क्रिकेट रंगशाला रहेको जग्गा लिजमा उपलब्ध गराउन आग्रह गरेका थिए। 'आज त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिष्टारसँग कीर्तिपुरस्थित क्रिकेट मैदानमा रंगशाला निर्माण गर्नको लागि लिजमा जग्गा उपलब्ध गराउने विषयमा छलफल भयो। छलफलमा सिनेट बैठक र ग्रेसलिष्टको विषयमा पनि कुराकानी भयो,' प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

एमाले अध्यक्षसमेत रहेका ओली प्रधानमन्त्री नियुक्त भएपछि पहिलो मन्त्रिपरिषद् बैठकबाट टियु क्रिकेट रंगशाला ३०० दिनमा बनाउने निर्णय गरेका थिए। उक्त समयभित्र प्याराफिट र फ्लडलाइटसहितको स्तरीय रंगशाला बनाउने सरकारले निर्णय गरेको हो।

पछिल्लो समय नेपाली क्रिकेटले विश्वमै आफ्नो पहिचान दिलाउन सफल भएको छ। नेपाली टोली हालै विश्वकप खेलेको थियो। विश्वकपमा तीनवटै खेलमा पराजित भए पनि नेपाली टोलीले प्रतिस्पर्धात्मक खेल खेलेको थियो। महिला टोली पनि आजै एसिया कप खेलेर फर्किएको छ। उसले एसिया कपमा पहिलोपटक जित दर्ता गरेको थियो। युएईसँग जिते पनि भारत र पाकिस्तानसँग भने नेपाल पराजित भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.