अनुसन्धानका लागि ‘तपस्वी’ बम्जनलाई सिन्धुपाल्चोक ल्याइयो

अनुसन्धानका लागि ‘तपस्वी’ बम्जनलाई सिन्धुपाल्चोक ल्याइयो

सिन्धुपाल्चोक : आफूलाई ‘तपस्वी’ दाबी गर्ने रामबहादुर बम्जनलाई प्रहरीले सिन्धुपाल्चोक ल्याएको छ। उनलाई नुवाकोटबाट सिन्धुपाल्चोकको चौतारा कारागारमा ल्याइएको हो। 

बम्जनलाई मानब बेचबिखन र महिला बेपत्ता पारिएको मुद्दामा अनुसन्धानका लागि ल्याएको प्रहरीको भनाइ छ। उजुरीमाथि छानबिन र बयानका लागि बम्जनलाई प्रहरीको विशेष टोलीले सिन्धुपाल्चोक ल्याएको हो। उनले जिल्लाको इन्द्रावती गाउँपालिकास्थित बाढेगाउँमा रहेको आश्रमबाट एक महिलालाई बेपत्ता बनाएको र एक पुरुषलाई बेचेको सम्बन्धी उजुरी जिल्ला प्रहरी कार्यालयमा परेको छ। त्यसको बयानका लागि बम्जनलाई नुवाकोटबाट झिकाइएको प्रहरीले जनाएको छ। 

प्रहरीले बम्जनको बयान लिने तयारी गरेको छ। बयान अगाडि उनलाई जिल्ला कारागारमा राखिएको छ। प्रहरीका अनुसार नुवाकोटको मेघाङ गाउँपालिकाकी २९ वर्षीया चिनीमाया तामाङ सिन्धुपाल्चोकको बाँडेगाउँमा रहेको बमजनको आश्रमबाट २०६९ असोजबाट बेपत्ता भएको विषयमा उजुरी परेको छ। त्यस्तै मकवानपुरको हेटौँडा उपमहानगरपालिकाका ३० वर्षीया फूलमाया रुम्बा पनि सिन्धुपाल्चोककै आश्रमबाट २०७१ माघदेखि बेपत्ता छिन्। त्यही आश्रमबाट हेटौँडाकै ५१ वर्षीय सन्चलाल वाइबा २०७१ चैतबाट बेपत्ता भएको विषयमा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सिन्धुपाल्चोकको बाँडेगाउँस्थित टोड्केभीर भन्ने ठाउँमा रहेको बमजनको आश्रममा २०७१ चैत ८ देखि १५ गतेसम्म भएको मैत्रीपूजामा सन्चलाल वाइबालाई मारिएको र एक महिलालाई बेपत्ता बनाएको भन्दै उनको एक चेलाले उजुरी दिएका थिए। ती चेलाका अनुसार १५ गते आश्रममा धेरै आनी र चेलाहरू बिरामी परे। त्यत्तिकै रुने, कराउने, चिच्याउने गर्न थालेका थिए। बमजनले सञ्चलाल र इन्द्रमानलाई मन्त्र गरेर चेलाहरू बिरामी पारेको आरोप लगाए।

पूजा सकिएको भोलिपल्ट दुवैलाई बमजनले पिटे। त्यसपछि आफ्ना अरू चेलाहरूलाई पनि पिट्न लगाए। प्रत्यक्षदर्शी समेत रहेका ति चेलाले उजुरीमा भनेका छन्– ‘सात जना चेलाहरूले सञ्चलाल र इन्द्रमानलाई लठ्ठी, पाइप र लात्ताले पिटेका थिए। कुट्दा कुट्दै उनको ज्यान गएपछि बमजनले आफू बस्ने घर पछाडि डाँडामाथि उनको लास गाड्न लगाए।’ त्यहाँ रहेकी एक आनीलाई उनले नै बेपत्ता बनाएको ती चेलाले भनेका छन्।

यसअघि न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई दोषी ठहर गरेको थियो। बाल यौन दुराचार मुद्दामा दोषी ठहर भएका बम्जनलाई सर्लाही जिल्ला अदालतले १० वर्ष कैद र ५ लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो। उनलाई २०८० पुस २४ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको थियो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.