सौर्य विमान दुर्घटना : छानबिन आयोगद्वारा काम सुरु

सौर्य विमान दुर्घटना : छानबिन आयोगद्वारा काम सुरु
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : सौर्य एयरलाइन्सको विमान दुर्घटना छानबिनका लागि गठित आयोगले काम सुरु गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट आयोगले बिहीबार नै टम्स अफ रिफरेन्स (टीओआर) बुझेको थियो। आयोगको मन्त्रालयमा बैठक बसेको थियो। 

सरकारले दिएको ४५ दिनको समय अवधिभित्र के, कसरी गर्ने भन्ने सम्बन्धमा आयोगले स्पष्ट खाका तयार पारेको छ। आयोगको बिहीबारबाट नै काउनडाउन सुरु भएको आयोग अध्यक्ष एवं नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनले जानकारी दिए।

छानबिनको पहिलो दिन आयोग सदस्यहरू घटनास्थल पुगेका थिए। आयोग सदस्यहरूले घटनास्थलको स्थलगत अवलोकन तथा निरीक्षण गरेको बताइएको छ। काठमाडौं सिनामंगलमा उपचार गराइरहेका सौर्यका पाइलट मनिषरत्न शाक्यलाई भेट्न पुगेको टोलीले उनलाई भने भेट्न पाएनन्। आयोगले छानबिनका लागि विमानको ब्ल्याक बक्सलाई आफ्नो नियन्त्रणमा लिई अध्ययनका लागि राखेको बताइएको छ। 

 बुधबार मर्मत तथा जाँचका लागि पोखरा उडेको सौर्य एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा दुर्घटना ग्रस्त भएको थियो। जहाज दुर्घटनापछि आकस्मिक बसेको मन्त्रिपरिषद् बैठकले दुर्घटना छानबिन तथा जाँचबुझ आयोग गठन गर्‍यो। 

नेपाल उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा पाँच सदस्यीय आयोग बनाएको छ। आयोगमा दीपु ज्वारचन, सुदीप भट्टराई, सञ्जय अधिकारी र मुकेश डंगोल छन्। समितिले ४५ दिनभित्र प्रतिवेदन पेस गर्नुपर्ने छ।

एयरलाइन्सको कलसाइन नाइनएन–एएमई बोम्बारडियर जहाज सी चेकका लागि पोखरा लगिँदै थियो। जहाजको नियमित उडान तालिकालाई रोकेर फेरि उडानको अनुमति लिएको थियो। फेरि उडानमा चालकदल र केही प्राविधिज्ञ जाने चलन छ। विमान परिचारिका पनि यो उडानमा नलगिने बताइन्छ। नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणसँग फेरि उडानको अनुमति लिँदै बुधबार जहाजलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थल लैजान अनुमति लिएको थियो। काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ११ बजेर ११ मिनेट पोखरा उड्ने स्लट थियो। १७ जना प्राविधिज्ञ र २ चालकदलसहित पोखरा जाने जानकारी प्राधिकरणलाई दिइएको थियो। जहाज उडानका लागि योग्य थियो। ११ बजेर ११ मिनेटमा रनवे ०२ कोटेश्वरबाट उडेको जहाजले सतह छोडेर करिब ४ सय फिटमाथि गएपछि सन्तुलत बिग्रिएर रनवेको पूर्वतिर भुइँमा बजारिन पुग्यो।

सौर्यको क्षति अवलोकन गर्न पुनर्बिमा कम्पनीका सर्भेयरहरू नेपालमा सौर्य एयरबो विमान बुधबार दुर्घटनामा पर्‍यो। १८ यात्रुको मृत्यु भएको जहाज प्रायः पूर्णरूपमा ध्वस्त भएको छ। जहाजको सम्पूर्ण बिमा प्रभु इन्स्योरेन्समा गरिएको थियो। जहाजका लागि प्रभुको बिमा हिस्सा ०.०३ प्रतिशत रहेको प्रभुका प्रमुख कार्यकारी अधिकृत सञ्चित बज्रचार्य बताउँछन्। विदेशी पुनर्बिमाको हिस्सा ९९.०७ प्रतिशत रहेको छ। प्रभुले युरोपियन कम्पनीसँग पुनर्बिमा गरेको थियो। 

जहाज दुर्घटनामा ध्वस्त भएपछि बुधबार नै सौर्य एयरलाइन्सले बिमा कम्पनीलाई जानकारी गराएको थियो। सौर्यबाट जानकारी आएपछि प्रभुले इमेलमार्फत सम्बन्धित पुनर्बिमा कम्पनीलाई जानकारी गराएको प्रमुख कार्यकारी बताउँछन्। विदेशी पुनर्बिमा कम्पनीले खटाएको सर्भेयर टोली जाँचबुझका लागि बिहीबार नै नेपाल आएको उनले बताए। 

जहाजको ३० करोड रुपैयाँभन्दा बढीको क्षतिपूर्तिको दाबी हुन सक्ने अनुमान गरिएको छ। जसमा प्रत्येक यात्रुको २० हजार अमेरिकी डलर र चालकदलको ५० हजार अमेरिकी डलर क्षतिपूर्ति गर्नुपर्ने प्रावधान छ। अब विदेशी सर्भेयर टोलीको जाँचबुझपछि मात्र क्षतिपूर्ति र क्षतिको आंकलन हुने उनले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.