११ बजे बस्ने भनिएको माओवादी केन्द्रको बैठक सर्यो
काठमाडौं : नेकपा माओवादी केन्द्रको बैठक सरेको छ। बिहान ११ बजेका लागि बस्ने भनिएको बैठक दिउँसो १ बजेका लागि सारिएको हो।
संक्रमणकाली न्याय (टीआरसी) को सहजीकरणका लागि गठित संयन्त्रको बैठक बिहान बस्ने भएकाले माओवादी पदाधिकारी बैठक सरेको माओवादी केन्द्रले जनाएको छ।
संयन्त्रको बठक गृहमन्त्रालयमा जारी छ। पछिल्ला राजनीतिक र समसामयिक विषयहरूमा छलफल गर्नका लागि बैठक डाकिएको थियो।