एक्लो संरक्षक गुमाएका १४ वर्षे रोशन

एक्लो संरक्षक गुमाएका १४ वर्षे रोशन
सुन्नुहोस्

स्याङ्जा : नाबालक छँदै रोशनका आमाले अर्को बिहे गरिन्। उनका बुवा उनलाई लालनपालन गर्न सक्ने अवस्थाका छैनन्। ज्यान पाल्नका लागि भारत हानिएका उनी सुस्त मनस्थितिका रहेको बताइएको छ। 

हजुरआमा गुञ्जेश्वरी शर्माको बाढीपहिरोमा परी करिब ३ साताअघि मृत्यु भएपछि १४ वर्षीय रोशन शर्मा अहिले एक्लिएका छन्। हजुरआमाको संरक्षकत्वमा रहेका रोशन कक्षा ७ मा अध्ययनरत छन्। बालस्वभावका स्थिर नहुने भएकै कारण उनी खेल्ने बहानामा घरबाहिर गए। अनि बाढीपहिरोको जोखिमबाट जोगिन सफल भए। असारको चौथो साता शनिबार स्याङ्जामा बाढीपहिराले बितण्डा मच्चायो। सोही दिन बिरुवा गाउँपालिका ६ स्याङदीका माधव शर्मा, हरिमाया शर्मा र गुञ्जेश्वरी शर्मा मरासीनीको एकैघरभित्र पुरिएर मृत्यु भयो। 

ती दुई घरमध्ये एउटा घरमा पती-पत्नी (माधव र हरिमाया शर्मा) र अर्को घरमा हजुरआमा-नाति (गुञ्जेश्वरी र रोशन शर्मा) बस्दै आएका थिए। घरमाथि पहिरो खसेका बेला रोशन साथीहरूसँगै घरबाहिर खेल्दै थिए। 

शुक्रबार साँझदेखि परेको मुसलधारे पानीले राम्चेभर्‍याङ सामुदायिक वनबाट ठूलो पहिरो झर्‍यो। सामुदायिक वनमुनि रहेको स्याङ्दी बस्तीलाई छोप्न थालेपछि स्थानीयवासीले बस्तीमा रहेका २ घरका ४ जनालाई शनिबार दिउँसो सुरक्षित स्थान लामाखेततर्फका एक घरमा लगेर राखे। 

‘बर्मा गए पनि कर्मसँगै’ भने झैं भयो। मृत्युले पनि उनीहरूलाई पछ्याउन छाडेन। स्याङ्दी माथिबाट झरेको पहिरो र ज्यादी खोलाको बाढीले एउटा घर भत्काए पनि अर्को घर भने सुरक्षित नै राखेको छ। पहिरो पनि निकै ठूलो छ। सिंगो वन लछारेर बगेको छ। धेरै धनजनको क्षति भएको छ। वनमाथिबाट झरेको बाढीसहितको लेदोले स्याङ्दीको एउटा घर छोप्यो। पूरै भत्कायो। तर, अर्को घर भने ठीकै छ। ग्याग्दी खोला किनारमा रहेको सो बस्तीमाथिबाट झरेको पहिरो र खोला किनारबाट आएको बाढीले असुरक्षित बनायो। जुनसुकै बेला बगाउन सक्ने देखिए पछि स्थानीयले सुरक्षित ठाउँ भनेर लामाखेत ठहर्‍याए। 

उही लगेर राख्ने निर्णयबमोजिम उद्धार गरी उनीहरूलाई त्यतै राखियो। तर, सोही घरमाथिबाट पनि पहिरो खस्यो। सुरक्षित भनेर राखिएको घर झनै असुरक्षित बन्यो। घरभित्र बसेर खाना खाँदै गरेका माधव, हरिमाया र गुञ्जेश्वरीमाथि पहिरो झर्‍यो। उनीहरू त्यही घरभित्र पुरिए। त्यहीँ नै उनीहरूको मृत्यु भयो।

नपत्याउँदो ठाउँबाट पहिरो झरेको छ। पहिरोले परम्परागत शैलीको घर भत्काएको छ। घरभित्र रहेका अन्नपात, लत्ताकपडा, सुनचाँदी केही झिक्न नपाएको घरधनीको भनाइ छ। सोही दिन त्यही घरमा श्राद्ध भएकाले त्यहाँ मानिसको आवतजावत पनि बढेको थियो। 

बाढी र पहिरोमा परेर हालसम्म स्याङजामा ११ जनाको मृत्यु र ७ घाइते भएका छन्। बिरुवा गाउँपालिकाका ३, फेदिखोला गाउँपालिकाका २, आँधीखोला गाउँपालिकाका २, पुतलीबजार नगरपालिकाका १ जना र भीरकोट नगरपालिकाका दुई जना छन्। ससुराली गएका अर्जुनचौपारीका २ जनाको कास्कीमा आएको पहिरोमा परी मृत्यु भएको छ। योसँगै दुई सातामा स्याङ्जामा बाढीपहिरोमा परेर ११ जनाको मृत्यु भएको छ। बिरुवाका ५ र आँधीखोलाका २ जना घाइते छन्। भीरकोट, गल्याङ नगरपालिकासहित आँधीखोला गाउँपालिकाका बस्ती जोखिममा छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.