राखेप शुक्रबारबाट सदस्यसचिवविहीन !

तालुकदार मन्त्री विदेशमा रहँदा खेलकुदमा अन्योलता

राखेप शुक्रबारबाट सदस्यसचिवविहीन !
सुन्नुहोस्

काठमाडौं : नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) शुक्रबारबाट सदस्यसचिवविहीन हुँदैछ। तर, तालुकदार मन्त्रालय युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र राखेप सदस्यसचिव टंकलाल घिसिङ दुवै विदेश सयरमा रहेकाले शुक्रबारपछि राखेप कसरी सञ्चालन हुन्छ भन्ने चासो र चर्चा मात्रै होइन, अन्योलता पनि सिर्जना भएको छ। घिसिङ २०७८ मंसिर १३ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार चार वर्षका लागि सदस्यसचिवमा  नियुक्त भएका थिए। घिसिङ २०७७ साउन १२ गते सदस्यसचिवमा नियुक्त भएका रमेशकुमार सिलवालको स्थानमा सदस्यसचिव भएका हुन्। सिलवाललाई तत्कालीन सरकारले २०७८ कात्तिक १ गते पदबाट हटाएपछि सुनपती–२, रामेछापका घिसिङ सदस्यसचिव नियुक्त भएका थिए। 

युवा तथा खेलकुद मन्त्रालयले २०७८ मंसिर १४ गते दिएको पत्रमा उनलाई चार वर्षका लागि नियुक्त गरिएको उल्लेख छ। तर, खेलकुद विकास ऐन २०७७ को दफा ८ को उपदफा (२) ले पदावधि पूरा नहुँदै पद रिक्त भएमा बाँकी अवधिका लागि जुन प्रक्रियाबाट नियुक्त भएको हो, सोही प्रक्रियाबाट नियुक्त हुने उल्लेख छ। ऐनमा भनिएको छ, ‘दफा ३ को उपदफा (२) बमोजिम परिषद्मा मनोनित सदस्यहरूको पदाविधि पूरा नहुँदै कुनै कारणले पद रिक्त हुन आएमा बाँकी अवधिका लागि जुन प्रक्रियाबाट उक्त सदस्यमा मनोनित भएको हो सोही प्रक्रियाबाट मनोनयन गरिनेछ।’ दफा ८ को उपदफा (२) मा सदस्य भने पनि दफा २ को उपदफा (ट) ले सदस्य भन्नाले राष्ट्रिय खेलकुद परिषद्को अध्यक्ष, उपाध्यक्ष र सदस्यसचिवलाईसमेत जनाउने उल्लेख छ। 

खेलकुद विकास ऐनको दफा ७ को उपदफा (१) मा मनोनित सदस्यहरूको पदावधि चार वर्षको तोकिए पनि दफा ८ को उपदफा (२) ले  पदाविधि पूरा नहुँदै कुनै कारणले पद रिक्त भएमा बाँकी अवधिका लागि नियुक्त हुने उल्लेख भएकाले सदस्यचिव घिसिङको पदावधि शुक्रबार सकिन लागेको हो। 

मन्त्री र सदस्यसचिव दुवै विदेशमा

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र सदस्यसचिव टंकलाल घिसिङ विदेशमा छन्। शुक्रबारबाट सुरु हुने ३३औं गृष्मकालीन ओलम्पिकमा सहभागी हुन मन्त्री चौधरी र सदस्यसचिव घिसिङ फ्रान्सको राजधानी पेरिस पुगेका हुन्। सदस्यसचिव घिसिङ सेभ द मिसनको जिम्मेवारीसहित पेरिस उडेका हुन्। मन्त्री चौधरी भने बुधबार फ्रान्स प्रस्थान गरेका हुन्। 

राष्ट्रिय खेलकुद विकास नियमावलीको दफा ६ को उपदफा (३) मा सदस्यसचिवले परिषद्को कामको सिलसिलामा स्वदेशभित्र भ्रमण गर्दा परिषद्को अध्यक्ष र विदेशमा भ्रमण गर्नुपर्ने भएमा मन्त्रिपरिषद्बाट स्वीकृत लिनुपर्ने प्रावधान छ। तर, सदस्यसचिव घिसिङ मन्त्रिपरिषद्को स्वीकृतिबिनै पेरिस उडेको युवा तथा खेलकुद मन्त्रालय स्रोतले जनाएको छ। ‘मन्त्रीज्यू मन्त्रिपरिषद्को स्वीकृत लिएर पेरिस जानु भएको हो’, मन्त्रालय स्रोतले भन्यो, ‘सदस्यसचिवले स्वीकृति लिएको थाहा छैन। उहाँले मन्त्रिपरिषद्बाट स्वीकृति लिएको भए मन्त्रालयलाई थाहा हुन्थ्यो। तर, अहिलेसम्म त्यसको जानकारी आएको छैन।’

बोर्ड सदस्यको पदावधि पनि सकिँदै 

खेलकुद विकास ऐन २०७७ अनुसार अधिकांश बोर्ड सदस्यको पनि पदावधि अर्को महिना सकिने भएको छ। नेकपा एमालेको कोटामा नियुक्त भएका सदस्यको स्थानमा नियुक्ति भएका अधिकांश सदस्यको पदावधि पनि यही साउनमै सकिँदैछ। तत्कालीन युवा तथा खेलकुदमन्त्री तथा परिषद्का अध्यक्षबाट नियुक्ति पाएका प्रकाशकुमार कुसारी, अञ्जन धमला, बिना श्रेष्ठ, श्रीमान् थापामगर, दीपेन्द्र विष्ट र मोहमद फाजिलको पदावधि खेलकुद विकास ऐन अनुसार यही साउन १५ गते सकिँदैछ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.