टीआरसी विधेयकमा कार्यदलमा सैद्धान्तिक सहमति जुट्यो, केही दिनमै प्रतिवेदन बुझाइने

टीआरसी विधेयकमा कार्यदलमा सैद्धान्तिक सहमति जुट्यो,  केही दिनमै प्रतिवेदन बुझाइने

काठमाडौं : संक्रमणकालीन न्याय (टीआरसी) को सहमतिका लागि बनाइएको संयन्त्रको बैठक सहमति नजिक पुगेको छ। शुक्रबार बिहान सिंहदरबारस्थित गृहमन्त्रालयमा बसेको बैठकले अन्तिम रुप दिनका आवश्यक  छलफल  गर्ने निर्णय भएको कार्यदलका सदस्य महेश बर्तौलाले जानकारी दिए।

उनले भने, 'फाइनल गर्नका लागि केही रायहरू लिनुपर्ने देखिएको छ। सोमबारसम्म राय लिन्छौं। त्यसपछि कार्यदलको बैठक बसेर टुंग्याउँछौं।'

बैठकपछि नेकपा माओवादी केन्द्रका सांसद तथा संयन्त्रका सदस्य जनार्दन शर्माले सैद्धान्तिक रुपले सहमति नजिक पुगे पनि विवादित शब्दहरूमा थप छलफल गर्नुपर्ने  सहमति भएको बताए। 

उनले भने, 'नमिलेका विषयहरूमा सहमतिमा पुर्‍याएर नेताहरू समक्ष प्रतिवेदन बुझाउने कार्यभार छ। आजै हामीले टुंगो लगाउने भन्ने कुरा थियो। छलफल  सैद्धान्तिकरुपले सहमतिकै वरिपरि छ। व्यवहारिक शब्दहरू मिलाउनका लागि के उपयु्क्त हुन्छ भन्ने विषयमा सरोकारवालासँग छलफल गरेर फेरि बैठक बसेर टुंगाउने सहमति गरेका छौं।'

उनले विवादित शब्दहरूको विषयमा कानुन सचिव,आयोगको सचिव, महान्यायाधीवक्ता, कानुनमन्त्रीलगायतसँग छलफल गरेर छिट्टै सहमतिमा पुग्ने बताए।

लामो समयदेखि थाती रहेका सत्य निरुपण तथा मेलमिलाप टीआरसी  र बेपत्ता छानबिनसम्बन्धी विषय टुंगो लगाउनका लागि प्रमुख तीन दलको सहजीकरण संयन्त्र गठन भएको छ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,नेकपा  एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच सैद्धान्तिक सहमति भएपछि संयन्त्र गठन भएको हो।

संयन्त्रकको बैठकमा गृहमन्त्री रमेश लेखक,नेकपा एमालेका सांसद महेश बर्तौला र नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्मा सहभागी थिए।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.