संस्थागत सेयर धितो कर्जामा २० करोडको सीमा खारेज
काठमाडौं : सेयर धितो कर्जामा संस्थाहरूलाई दिइने अधिकतम २० करोडको सीमा खारेज भएको छ। शुक्रबार आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरूबाट सेयर धितो कर्जामा दिइने अधिकतम २० करोडको सीमा खारेज गरेको जानकारी दिएका हुन्।
उनले भने,' मार्जिन ट्रेडिब सहज र व्यवस्थित हुन नसकिरहेको परिस्थितिमा पुँजीबजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम २० करोडको सीमा खारेज गरिनेछ।'
व्यक्तिगत कर्जाको सीमा भने यथावत रहेको छ। हाल व्यक्तिका हकमा सेयर धितो कर्जाको सीमा १५ करोड रुपैयाँ रहेको छ।
प्रतिक्रिया दिनुहोस !
५