बैतडीका दर्जन बढी कार्यालयहरूको कामकाज ठप्प

बैतडीका दर्जन बढी कार्यालयहरूको कामकाज ठप्प
सुन्नुहोस्

बैतडी : सुदूरपश्चिम प्रदेशको बजेट शून्यतामा गएपछि प्रदेश मातहतका बैतडीका कार्यालयहरू पनि प्रभावित भएका छन्। प्रदेश मातहतका १३ वटा कार्यालयको कामकाज ठप्प जस्तै बनेको छ। साउन १ गतेदेखि यहाँका प्रदेश मातहतका कार्यालयको काम ठप्प रहेको सम्बन्धित कार्यालयहरूले जनाएका छन्। 

घरेलु तथा साना उद्योग कार्यालयमा दैनिकजसो सारग्राहीहरू आउने गरेको भए पनि काम नगरी फर्किने गरेका छन्। नयाँ फर्म दर्ता तथा नवीकरणको लागि सेवाग्राही आउने गरेको भए पनि प्रदेशको बजेट शून्यताले सेवाग्राहीलाई फर्काउने गरिएको घरेलु तथा साना उद्योग कार्यालय बैतडीका प्रमुख अम्बादत्त जोशीले जानकारी दिए। ‘केही सेवाग्राही आउनुहुन्छ र काम हुन्न, फर्किनुहुन्छ,’ उनले भने। 

चालु आर्थिक वर्षका लागि कुनै पनि कार्य सुरु गर्न नसकिएको कृषि ज्ञान केन्द्रले जनाएको छ। नयाँ बजेटको सिलिङ नै नआएपछि सबै सेवा ठप्प बनेको कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख घनश्याम चौधरीले बताए। 

बहु वर्षे विकास निर्माणका कामबाहेक नयाँ काम गर्न नसकिएको भौतिक पूर्वाधार कार्यालय बैतडीले जनाएको छ। ‘केही बहुवर्षे ठेक्काका कामहरू हुँदै छन्, नयाँ कामको प्रक्रिया अघि बढ्ने कुरा भएन,’ भौतिक पूर्वाधार कार्यालयका इन्जिनियर नरेश भुलले भने। 

घरेलु तथा साना उद्योग कार्यालय, भौतिक पूर्वाधार कार्यालय, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रसहित प्रदेश मातहतका बैतडीका एक दर्जनबढी कार्यालयहरूको कामकाज ठप्प छ। 

प्रदेशसभामा प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को बजेट पारित नहुँदै प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारी अल्पमतमा परेपछि  बजेट शून्यता  भएको हो। बजेट पारित नहुँदा साउन १ गतेदेखि प्रदेश सरकारको राजस्व सङ्कलन र खर्च लगायतका सबै काम ठप्प छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.